पत्रकारलाई दुई दिने कार्यशाला गोष्ठि सम्पन्न
लक्ष्मण पोखरेल,बुटवल, मंसिर २३ – नेपाल पत्रकार महासंघ रुपन्देही अयोजना तथा सेभ द चिल्ड्ेरनको सहयोगमा रुपन्देहीका क्रियाशिल पत्रकारहरुको लागि दुई दिने कार्यशाला आईतबार सम्पन्न भएको छ ।
‘बाल अधिकार तथा विद्यालय शान्ति क्षेत्र’ विषयक कार्याशालाको समापन समारोहमा नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष रामराज पोखरेलको अध्यक्षता तथा न्युनतम पारिश्रमीक निर्धारण समिति सदस्य तथा महासंघ रुपन्देही सचिव यानेन्द्र जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यशालाको समापन समारोहमा सहभागि पत्रकार विक्रम खड्का, सहजकता ईन्द्रेणी ग्रामीण सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक रुद्र मस्र्याङ्गि लगायतले मन्तव्य राखेकाथिए ।
