|

उखडा जग्गा जोताहको नाममा हुनुपर्ने माग राख्दै भूमिहिनहरु आन्दोलीत

बुटवल,१२ पुस-उखडा जग्गा जोताहको नाममा हुनुपर्ने लगायतको माग राख्दै आन्दोलनमा उत्रेका भूमिहिनहरुले प्रशाशनले बेवास्ता गरेको बताएका छन् । जिल्ला भूमिअधिकार मञ्चको अगुवाईमा रुपन्देहीमा पुस २ गतेदेखि भूमिहिनहरु आन्दोलीत छन् । उखडा जग्गा जोताहा किसानको नाममा दर्ता हुनुपर्ने, वर्षांैदेखि जोतभोग तथा बसोबास गरिरहेका बेदर्तावाल मोही र सुकुम्बासीलाई बेदखली गर्नेलाई कडा कारबाही गर्नुपर्ने, विष्णुपुरा गाविसका सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीलाई हटाउन नपाईने,सुकुम्बासी परिचयपत्र दिनुपर्ने, लगायतको माग राख्दै आन्दोलीत भएको जिल्ला भूमि अधिकार मञ्च रुपन्देहीका कोषाध्यक्ष तुल बहादुर विकले बताउनुभयो । आज (विहिबार) जिल्ला वन कार्यालय र सुकुम्बासी आयोगमा धर्ना दिईएको विकले बताउनुभयो । उहााका अनुसार स्थानीय निकायले माग पुरा गराउन सक्ने भएपनि चासो नै नदिएको गुनासो गनुभयो । यसअघि भूमिहिनहरुले जिल्ला मालपोत कार्यालयमा धर्ना दिएका थिए । दैनिक करिब २सय जना धर्ना बसेका छन् । रुपन्देही ६ हजार भूमिहिन रहेको बताईएको छ ।

Posted by Butwalonline on 3:56 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उखडा जग्गा जोताहको नाममा हुनुपर्ने माग राख्दै भूमिहिनहरु आन्दोलीत"

Leave a reply