लोक गायक खुमन अधिकारी तथा लोक गायिका जमुना राना यूएइमा
उत्तम अधिकारी, २७ डिसेम्बर २०१२ ( यूएइ )नेपालका चर्चित लोक गायक खुमन अधिकारी तथा लोक गायिका जमुना राना अंग्रेजी नयाँ बर्षको अबशरमा युएइका दुई ठुला शहरमा छुट्टा छूट्टै मितिमा आयोजना हुने सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति देखाउनको लागि युएइ आइपुगेका छन् ।उनिहरु २७ डिसेम्बर २०१२ बिहिबार रातको १ बजे आइपुगेका हुन , उनिहरुलाई स्वागत गर्न स्याङ्जा सहयोग समाजका प्रतिनिधि शंकर न्यौपाने , भेसराज ढकाल लगायत शारजाह एयर्पोर्टमै पुगेका थिए । स्याङ्जा सहयोग समाज युएइको आयोजनामा यहि शुक्रबार (डिसेम्बर २८, २०१२) का दिन आबुधाबीमा र ४ जनवरी २०१३ शुक्रबारका दिन दुबइमा हुन गइरहेको "नयाँ बर्षको शुभकामना तथा साँस्कृतिक कार्यक्रम" मा उनिहरुले बिभिन्न एकल तथा दोहोरी लोक गीतहरू गाएर दर्शकहरूको मन जित्ने छन् ।
गायन यात्रा सुरु गरेको २ बर्षमै ३०० भन्दा बढी एकल लोक गीत तथा युगल लोक दोहोरी दोहोरी गीतहरू गाएर चर्चामा रहदै निरन्तर लोक गायन क्षेत्रमा लागि परेर आफ्नो छूट्टै पहिचान बनाउन सफल गायक खुमन अधिकारीले युएइको चिसो मौसमलाई तताउने भएका छन् । कार्यक्रम् सम्योजक लेखनाथ न्यौपानेका अनुसार आबुधाबीको कार्यक्रममा दर्शकहरूको उपस्थिती अत्यन्तै बाक्लो हुने देखिएको छ । उनका अनुसार अहिले सम्म जारी गरिएको लगभग सबै टिकेटहरू बिक्री भै सकेको र कार्यक्रम हुने दिनको लागि अन्य थप टिकेटको समेत ब्यबस्था गरिएको छ । समाजले युएइमा कार्यरत सम्पुर्ण नेपालीहरूलाई उक्त सांगितिक कार्यक्रममा सरिक भई भरपुर मनोरन्जन लिनको लागि आग्रह गरेको छ ।
कार्यक्रम: ( आबुधाबी )
मिती : २८ डिसेम्बर २०१२ - शुक्रबार
समय : दिउसो २ बजे बाट
स्थान : केरला सोसियल सेन्टर , आबुधाबी
कार्यक्रम: ( दुबइ )
मिती : ४ जनवरी २०१३ - शुक्रबार
समय : दिउसो २ बजे बाट
स्थान : अस्टोरिया होटेल , बरदुबइ

