|

आमासहित दुई बच्चा मृत अवस्थामा फेला

विराटनगर, पुस १२- मोरङको उत्तर पूर्वि पहाडी गाविस टाँडी-४ मा आमासहित दुई बच्चा मृत अवस्थामा फेला परेका छन्। तीन वर्षकी छोरी र डेढ वर्षका छोरा बिहीबार बिहान झुण्डिरहेको अवस्थामा भेटिएको र आमाको पेटमा छुरा प्रहार गरिएको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी उमाप्रसाद चुर्तवेदीका अनुसार टाँडी-४ मा बस्ने लंका राईका २५ वर्षीया श्रीमती माया, छोरी चाहना र छोरा आइडिल मृत अवस्थामा भेटिएको हो। ‘आत्महत्या हो कि हत्या अनुसन्धान भइरहेको छ,' डिएसपी चुर्तवेदीले भने, ‘छोराछोरीसहित आमासमेत मृत फेला पर्नु शंकास्पद हो।' मोरङ प्रहरीले घटनाबारे बुझ्न उर्लावारी इलाका प्रहरी कार्यालयका इन्सपेक्टर टुण्डीराज न्यौपानेको कमाण्डमा नौ जना प्रहरी घटनास्थल पठाएको छ। मोरङका एसपी निरज शाही आफैं पनि घटनास्थल हिँडेका छन्।

श्रीमान् लंका खेतमा काम गर्न गएको बेला उक्त घटना भएको स्थानीयको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। इलाम जिल्लाको पश्चिमी क्षेत्रसँग जोडिएको मोरङको टाँडी गाविस विकट छ।स्रोत :नागरिक न्यूज

Posted by Butwalonline on 6:17 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आमासहित दुई बच्चा मृत अवस्थामा फेला"

Leave a reply