बुटवल वडा नं १४ र १५ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने
बिनोद परियार,बुटवल ,मंसिर २६- बुटवल वडा नं १४ र १५ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि गठित पूर्ण सरसफाई अभियान समितिले आबश्यक तयारीलाई तिब्र पारेको छ । समितिले बिस. २०७० असार मसान्तभित्र बुटवल नगरपलिका अन्तर्गतका १४ र १५ वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने जनाएको छ ।
बुटवल नगरपालिकाको वडा नं १४ र १५ मा ४ सय ४८ घरमा पक्की शौचालय निर्माणको लागि समितिले अहिलेसम्ममा ३ सय ३५ घरलाई आबश्यक रिङ तथा ढक्कन प्रदान गरिसकेको पूर्ण सरसफाई अभियान समितिका अध्यक्ष पुरुषोतम बस्यालले बताउनुभयो । उहाले आगामी असार मसान्तभित्र १४ र १५ लाई वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी भैरहेको पनि जानकारी दिनुभयो ।
सोहि तयारीका लागि आज बुटवल १४ को तामनगर स्थित हरियाली टोलका ३५ घरमा पक्की शौचालय निर्माणका लागि प्रत्येक परिवारका लागि ४ वटा रिङ र १ ढक्कन हस्तान्तरण गरिएको छ ।पूर्ण सरसफाई अभियान समितिका अध्यक्ष पुरुषोतम बस्यालको अध्यक्षता भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य उदयराज काफ्लेले शौचालय निर्माणपछि उचित तथा सहि तरिकाले प्रयोग गर्नुपर्ने बताउदै संसारको सबैभन्दा चेतनशील प्राणी मानिस भएकाले आफ्नो जीवन र स्वास्थ्य प्रति सधै सचेत रहन आग्रह गर्नुभो ।सो र्कायक्रममा समितिका उपाध्यक्ष घनलाल बस्याल,बुटवल १५ का वडा सचिब गणेश न्यौपाने,चारपाला बन उपभोक्ता समितिकी उपाध्यक्ष मनरुपा थापा,अभियान समितिका सचिब धर्मराज शर्मा आचार्य,अनुगमन समिति संयोजक मधुकला कुवर,नेकपा माओबादीका मोतिलाल पाण्डे,टोल समितिकी सचिब अनिता मल्ल लगायतले बोल्दै अभियान नागरिकको स्वस्थ जीवन संग प्रत्यक्ष जोडिएकाले सफल बनाउन सबै लाग्नुपर्ने बताएका थिए । समितीले हिजो बुटवल १५ को बदेंलपोखरीका १३ घरलाई रिङ बितरण गरको थियो ।