|

एक्काइसौ शताब्दीमा पनि दलितलाई मन्दिरमा प्रबेशमा रोक

बिनोद परियार,पर्वत,मंसिर २६- पर्वतको धाइरि गाविस स्थित भुमेस्थान मन्दिरमा दलित समुदायका ब्यक्तिलाई प्रबेशमा रोक लगाएको घटना अनुगमनका लागि राष्ट्रिय दलित आयोगको टोली पर्वतमा आइपुगेको छ । राष्ट्रिय दलित आयोगका सदस्य सचिव भुवन सुनारको नेतृत्वमा आएको टोलीले घटनाको अनुगमन शुरु गरेको हो ।

टोलीले  सुरक्षा निकाय र अधिकारकर्मीसाग छलफल गरी पीडकहरुलाई कानुनी कारबाही गर्न माग गरेको छ । एक्काइसौ शताब्दीमा पनि मन्दिरमा टीका लगाउन नदिने व्यबहार मानवीय हुन नसक्ने भन्दै सदस्य सचिव सुनारले घटनामा संलग्नहरुलाई कानुनी कापरबाही गर्न प्रशासनसाग माग गर्नुभयो । सुनार नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई भेटेर फरार रहेका अभियुक्तहरुलाई प्रक्राउ गरी कानुनी काबार्ही गर्न माग गर्नुभयो । पर्वत उद्योग वाणिज्य सङ्घका बारीवेनी शाखाका कार्य समिति सदस्य समेत रहेका मन्दिरमा प्रवेश गरेर पुजा गर्न र टिका लगाउन नदिएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी दर्ता गरेका छन ।

Posted by Butwalonline on 5:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एक्काइसौ शताब्दीमा पनि दलितलाई मन्दिरमा प्रबेशमा रोक"

Leave a reply