अनाथलाई खाद्य्य सामग्री र कम्मल बितरण
किरणमान बज्राचार्य,कपिलवस्तु, १३ पुस-कपिलवस्तु बालगृहका अनाथहरुलाई रायल थाई लुम्बिनीले खाधन्न तथा कम्मल बितरण गरेको छ । एक समारोहका बिच सो संस्थाका प्रमुख भिक्षु समोतले उनीहरुलाई सो सामग्री हस्तान्तरण गर्नु भएको हो ।
समारोहमा बालगृहका १७ अनाथलाई कम्मल, खाद्य्य सामग्री, फलफुल लगायतका सामग्री सहित नगद समेत प्रदान गरिएको थियो । सो अवसरमा नेपाल बाल संगठनका जिल्ला अध्यक्ष राजु प्रसाद अर्याल, वार्ड थाईका कार्यबाहक अध्यक्ष राजेश ज्ञवाली लगायतयले कृतज्ञता मन्तबय दिनु भएको थियो ।
