रेडिमेट सिरक डसना प्रति आकर्षण बढदै गए पछि धुनियाहरुको पेशा संकटमा
किरणमान बज्राचार्य,कपिलवस्तु १३ पुस-पहिले पहिले घर घरबाट निम्ता आउने गथ्र्यौ तर अहिले भने काम नपाउदा फुर्सदीला बनेका छन् कपिलवस्तुका धुनयाहरु । त्यसकारण आफुहरुको पुख्र्यौली पेश संकटमा परेको भन्छन् सिरक र डसना बनाउने जातिका रुपमा परिचित कपिलवस्तुका धुनियाहरु । सर्वसाधारणको रेडिमेट सिरक डसना प्रति आकर्षण बढदै गए पछि धुनियाहरुको पेशा संकट पर्दै गएको हो ।मेशिन बाट रुईको धुनाई गरेर सिरक र डसना बनाउनुका साथै रेडिमेड कम्मल, सिरानी तथा व्ल्याङ्केट लगायत जाडोका सामाग्री प्रति उपभोक्ताहरुको रुचि अहिले बढ्दै गएको छ । जसकारण उनिहरुको बाबुबाजेको पेशा यतिखेर लोप हुने अवस्थामा पुगेको छ । परम्परागत ढुन्टी र जिस्ता बाट रुई धुनाई गरि हातले सिलाएर बनाईने सिरक प्रति उपभोक्ता कम आर्कषित भएपछि यहााका धुनियाहरु इतिबेला फुर्सदिला बनेका छन् । केहि वर्ष अघि सम्म सिजनमा कामको चापले भात खाने फुर्सद नभएका धुनिया यतिखेर घाम तापेर दिन बिताइरहेका छन् ।
कपिलवस्तु नगरपालिका १ मस्जिद टोलमा बस्नु समसुल धुनियाका परिवारलाई यतिखेर छाक टार्न धौ धौ भएको छ । पछिल्लो सिजनमा कमाएको पैसाले बर्षभरीको गर्जो टारेको स्मरण गर्दै समुलले ढुन्टी र जिस्ताको स्थान मेशिनले ओगटेपछि परिवार पाल्न गाह्रो भएको दुखेसो पोखे । मेशिन प्रयोगबाट आफूहरु पूर्ण रुपमा प्रभावित भएको भन्दै धुनियाले अब पुर्खाको पेशा छाड्ने दिन आएको बताए ।
तीन महिनाको सिजनमा वर्ष भरिको खर्च जोहो गर्ने चन्द्रौटाका जग्गु धुनिया यतिखेर काम नपाएर भौतारिरहेका छन् । विगतमा सिरक डसना बनाउन आफूलाई गाउ देखि शहर सम्म निम्तो आउने सम्झदै उनले अहिले ग्राहकको प्रतिक्षामा दिन कटाउनु सिवाय अरु कुनै विकल्प नरहेको बताउनु भयो । “सेवाग्राहीलाई छिटो र सस्तो काम गरिदिए उनीहरु खुसी हुने गर्छन तर मेशिनले कपास फड्किएर बनाएको सिरक भने मजबुत हुदैन” उहाले भन्नु भयो । पुर्खाको पेशा अंगालेको दुई दशक वितिसकेको बताउदै उनले अहिले अन्तिम अवस्थामा पेशा परिर्वतन गर्नु सिवाय कुनै विकल्प आफुले नदेखेको बताउछन् । यहि पेशा बाट ८ जनाको परिवार धानेका उनी यतिखेर कामको खोजाई मा भौतारीरहेका छन् । सदरमुकाम तौलिहवामा रहको दुई वटा रुई धुन्ने मेशीनमा सिरक र डस्ना बनाउनका लागि ग्राहकको भीड लाग्ने गरेको छ । त्यहा दुई चार जना धुनियाले काम त पाएका छन् तर त्यहा पनि दिनको एक ढेड सय मात्र आम्दानी हुने गरेको उनीहरु बताउछन् । आफहरुले एक किलो रुई धुनाई गरे वापत १० रुपैया मात्र पाउने गरेको बासखमेर गाबिस– ४ का वसीउल्लाहले बताउनु भयो ।
तराईको मुटु काम्ने जाडो बाट बच्न प्रयोग गरिने सिरक र डस्ना लगायतका सामाग्री बनाउन परम्परागत सिप जन्मदै पाएका धुनिया लाई यतिखेर र्पुख्यौली पेशा बचाउन धौ धौ भएको छ । पेट पाल्ने कि पुर्खाको पेशा जोगाउने उनीहरु अन्यौलमा परेका छन् । २०५८ सालको जनगणना अनुसार कपिलवस्तुमा २ सय २ धुनिया परिवार बसोबास गर्दछन् । पुस्ताको पेशाले पेट नभरेपछि अहिले धुनियाहरु वैकल्पिक पेशा अंगाल्न थालेको सोमडिहका वृद्ध गुठे धुनिया बताउछन् । छोरालाई यहि काम गर भने तर उ मानेन ऋण काढेर अहिले विदेशमा काम गर्न पठाए उहााले भन्नु भयो । गुठे धुनियाको छोरा मात्र होइन अहिले जिल्लाका अधिकांश धुनिया पेशा छाडि विदेशिएका छन् भने कोहि व्यापार तथा मजदूरी गरिरहेका छन् ।
देशमै अल्पसंख्यक तथा लोपोन्मुख जातिका रुपमा रहेका धुनिया जातिले पेशा छाड्ने क्रम बढ्दै गएको छ । पेशाले जिविकोपार्जन गर्न गाह्रो भएपछि अर्कै पेशा अंगालेका धुनिया जाती ईतिहासमा सिमित हुने अवस्था र्सिजना नहोला भन्न सकिन्न ।
