|

कांग्रेसको उम्मेदवार देउवा

काठमाडौ, श्रावण ३१ - संसदको दोस्रो ठूलो दल कांग्रेसले भावी सहमतीय सरकारको नेतृत्वका लागि प्रधानमन्त्रीको उम्मेदवार नेता शेरबहादुर देउवालाई बनाउने भएको छ ।आफुलाई प्रधानमन्त्रीको उम्मेदवार नबनाए संसदीय दलका नेता रामचन्द्र पौडेलबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका देउवालाई मंगलबार बिहान बसेको पदाधिकारी बैठकले सहमतीय सरकारको नेतृत्व गर्न प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।'हामीले सहमतीय सरकारको बिकल्प देखेका छैनौं । पार्टीका तर्फबाट अव बन्ने सरकारको नेतृत्वका लागि नेता देउवालाई अगाडी सार्ने निर्णय भएको छ' कांग्रेस नेता अर्जुननरसिंह केसीले ईकान्तिपुरसंग भने । 

प्रधानमन्त्री झलनाथ खनालको राजीनामासंगै भावी प्रधानमन्त्रीको उम्मेदवारका लागि कांग्रेसमा आन्तरिक किचलो तिब्र बनेको थियो । देउवा र पौडेल दुवैले प्रधानमन्त्रीको उम्मेदवारीमा दावी गरेपछि काँग्रेस अप्ठ्यारोमा परेको थियो ।देउवाले पौडेलका बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि मंगलबार बिहान यस विषयमा छलफल गर्न सभापति सुशील कोइरालाको निवास महाराजगंजमा देउवा,पौडेल र पार्टीका पदाधिकारीहरु सम्मिलित बैठक बसेको थियो ।बैठकपछि महामन्त्री कृष्ण सिटौलले संसदीय दलका नेता पौडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता नहुने जानकारी संवाददाताहरुलाई दिएका थिए । तर, उनले नेताहरुबीच के सहमति भएको विषयमा उनले खुलाएनन् ।माओवादीले यसअघि नै डा‌ बाबुराम भट्टराईलाई उम्मेदवारको रुपमा अगाडी सारिसकेको छ ।
साभार:कान्तिपुर
 

Posted by Butwalonline on 12:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कांग्रेसको उम्मेदवार देउवा"

Leave a reply