एक जिल्ला एक उत्पादन तर्फ उद्योग वाणिज्य महासंघ
एक जिल्ला एक उत्पादन तर्फ उद्योग वाणिज्य महासंघ
पाल्पा शैक्षिक जगतमा ठूलो सम्भावना बोकेको क्षेत्र–वैद्यमुक्तिप्रसाद न्यौपाने,साउन ३०, पाल्पा-नेपाल उद्योग
वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष सुरज वैद्यले महासंघले एक जिल्ला एक उत्पादनको नीतिको सुरु गरेको बताएकाछन् ।
अध्यक्ष वैद्यले पाल्पामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपालमा अहिलेको सबैभन्दा ठूलो समस्या परिवार नियोजन रहेको बताउादै रेमिटान्सको भरमा नेपाल रहनु बाध्यता रहेको र जुन अझै ७/८ वर्षसम्म रहने बताए । सरकारले पीपिएको विषयमा नसोच्दासम्म नीजिक्षेत्र पछाडी परिरहने भन्दै सरकारले केही गर्लाकी भन्ने आशा नेपाली जनतामा नरहेको बताउादै, नेपालमा रोजगारी र उत्पादकत्वमा कसरी वृद्धि गर्ने भन्ने तर्फ महासंघ अग्रसर रहेको बताएकाछन् । जब घर बलियो हुन्छ तब मात्र काम मजबुद हुन्छ भन्ने ठानेर पहिले आफूहरुले घर बलियो बनाएको र अहिले जिल्ला–जिल्लाका सम्भावनाहरु बुझ्ने कार्य गरिरहेको वैद्यको भनाई थियो ।
महासंघका वरिष्ट उपाध्यक्ष भाष्करराज राज कर्णीकारले सरकारले मिश्रित अर्थतन्त्रको नाममा नियन्त्रित अर्थतन्त्र अवलम्वन गरेकोले अर्थतन्त्रको संकेत नराम्रोहुादै गएको बताएकाछन् । सामाजिक र आर्थिक विकासको एजेन्डा बोकेको समूह महासंघमा ५ महिना अघि निर्वाचित भएको र यो समूहले सरकारलाई आर्थिक परामर्शदाताको भूमिका निर्वाह गर्नेमात्र नभइर्, विकासमा नेतृत्वदायि भूमिका देखाउने राज कर्णीकारले बताए । बजारले आत्मविश्वास गुमाएकोमा चिन्ता व्यक्त गर्दै वरिष्ट उपाध्यक्ष कर्णीकारले महासंघले राष्ट्र सेवक सचिवहरुसाग तल्लो तहका जनतासामू पुग्ने आधारभूत आवश्यकताको विषयमा छलफल गरि नीतिहरु तर्जुमा गरेर अगाडी बढेको जानकारी गराएका थिए ।
पाल्पालाई शैक्षिक क्षेत्रमा अन्तराष्ट्रिय जगतमा चिनाउन सकिने सम्भावना रहेको कुरामा जोड दिादै अध्यक्ष वैद्यले लगानीका लागि मार्ग प्रसस्त गर्न सकेमा अदुवाको पनि पाल्पामा प्रशस्त सम्भावना आफुहरुले देखिएको छ उनले भने । वाणीज्य संघ पाल्पाका अध्यक्ष मधुदयाल सैंजुले पाल्पामा करुवा, ढाका एवं कुटीर तथा घरेलु उद्योगको लागि सहयोग गर्न महासंघलाई आग्रह गरेका थिए ।
Posted by Butwalonline
on 12:58 PM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response