आफ्नै जन्मदिनमा युवतीद्वारा आत्महत्या
राजविराज (सगरमाथा), श्रावण ३१ - सप्तरीको सदरमुकाम राजविराजमा एक युवतीले आफ्नो जन्मदिनकै दिन आत्महत्या गरेकी छिन् । राजविराज–३ स्थित सगरमाथा अञ्चल अस्पतालको आवासमा आमा नर्स लीला क्षेत्री यादवसँग बस्दै आएकी १८ वर्षीया आरजुले गएराति आत्महत्या गरेकी हुन् ।आफ्नै कोठाको सिलिङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको अस्पताल सुरक्षार्थ खटिएका प्रहरी पिन्टु परियारले जानकारी दिएका छन् ।
यसैबीच सप्तरीको रामपुर जमुवाकी एक नाबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
रामपुर जमुवा–३ बस्ने रमेश सदाकी तीन वर्षीया छोरी सतनाको घर नजिकैको पोखरीमा सोमबार साँझ डुबेर मृत्यु भएको पीडित परिवारका सदस्यले जानकारी दिएका छन् ।घरका ठूला मानिस खेताला गएका बेला घरनजिकै रहेको पोखरीमा डुबेर नाबालिकाको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।
रासस(साभार:कान्तिपुर)