|

दलित अगुवाको निधन


विनोद परियार ,बुटवल,३१ साउन । जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष एंव दलित अगुवा सुभाष दर्नालको अमेरीकामा कार दुर्घटनामा परि मृत्यू भएको छ । दर्नालको नेपाली समयअनुसार गएराति कार दुर्घटनामा मृत्यू भएको हो । अमेरीकाको बासिङटन डिसि स्थित डलस ईन्टरनेशनल एयरपोर्टदेखि १० माईल्स पर डलस एक्प्रेस हाईवेमा कार दुर्घटना हुदा घटनास्थलमै मृत्यू भएको अमेरीकी प्रहरीले जनाएको छ ।

क्यालिफोर्नियाबाट डलस एयरर्पोटमा ओर्ली बाहिर जादै गर्दा एयरर्पोट सटल ट्याक्सी दुर्घटना हुदा मृत्यू भएको यूएस स्थित एक अनलाईन पत्रिकाले लेखेको छ । समता फाउन्डेशनका कार्यकारी निर्देशक एंव विभिन्न अन्तराष्ट्रिय स्तरका संघसस्थाम समेत आबद्ध दर्नाल नेपाली दलित आन्दलोलनका अगुवा हुनुथ्यो । उहा गत आईतबार मात्रै नेपालबाट क्यालिफोर्नियास्थित स्टान्डफोर्ड विश्व विद्यालयमा समर रिसर्च फेलोको रुपमा अध्ययन गर्न अमेरीका जानुभएको पारिवारिक श्रोतले जनाएको छ ।सन् १९८० जुन ८ मा पाल्पामा जन्मिनुभएका दर्नालको श्रीमति सरिता परियार र दुई बर्षको छोरी हुनुन्छ ।

जागरण मिडिया सेन्टर,समता फाउन्डेशनका अलवा उहा कलेक्टीभ क्याम्पेनिङ फर पिस (कोक्याप)का पुर्व अध्यक्ष,एक्सनएड नेपालका कार्यकारी सदस्य र बासिङटन डिसिस्थित एडभोकेसि प्रोजेक्टका बोर्ड सदस्य हुनुथ्यो । विभिन्न कालखण्डमा नेपालको दलित आन्दोलनका बिषयमा पुस्तक तथा लेख समेत लेख्दै आउनुभएका दर्नालको निधनले नेपाली दलित आन्दोलनलाईनै क्षति पुगेको अधिकारकर्मिहरुले बताएका छन् । बुटवल स्थित रेडियो जागरण स्थापनाका लागि समेत पहलकदमी गर्नुभएका स्व.दर्नालको निधनप्रति जागरण मिडिया सेन्टर काण्ठमाण्डौं र रेडियो जागरणले शोक बक्तब्य निकाली समवेदना प्रकट गरेको छ ।

Posted by Butwalonline on 10:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दलित अगुवाको निधन"

Leave a reply