|

रेडियो जागरण शोकमा

विनोद परियार , रेडियो जागरण
बुटवल,३१ साउन । रेडियो जागरण बुटवलले दलित अगुवा एंव संस्थाका संस्थापक सुभाष दर्नालको निधनप्रति गहिरो दु:ख ब्यक्त गर्दै तीनदिनसम्म शोक मनाउन शुरु गरेको छ । रेडियो जागरणको  संचालक संस्था जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष दर्नालको सोमबार अमेरीकामा कार दुर्घटनामा परि निधन भएको थियो ।

रेडियो जागरणका संस्थापक दर्नालको निधनले सिंगो दलित आन्दोलन र नेपाली संचार जगतमा नै क्षति पुगेको भन्दै संचालक समतिको बैठक बसि शोक मनाउने निर्णय गरेको हो ।
रेडियोले आजदेखि आगमि विहिबारसम्म नियमित कार्यक्रम बन्द गरि शोक धुनमात्रै बजाउन शुरु गरेको स्टेशन म्यानेजर शिवजी गायकले बताउनुभयो ।  उहााले तीनदिनसम्म नियमित कार्यक्रम,समाचार बन्द गरि शोक धुन र स्व. दर्नालको जीवनी र योगदान चर्चा गरिने जानकारी दिनुभएको छ । बुटवलमा रेडियो स्थापनाको लागि पहलकदमी गरेका दर्नालको निधनले अतुलनिय क्षति पुर्‍याएको भन्दै रेडियोमा शोक पुस्तिका राखेर शोक मनाउन शुरु गरेको छ । यसैविच रेडियोले आजै शोक सभा समेत गरेको छ ।

रेडियो संचालक समितिका सदस्य  एंव रेडियोका कर्मचारीहरुले स्व. दर्नालको फोटोमा माल्र्यापण  गरि शोक ब्यक्त गरेका हुन । रेडियो संचालक समितिका सदस्य प्रकाश श्रेष्ठ,दीपक विक,सरोज गौतम,कोपिला रसाईली,स्टेशन म्यानेजर शिवजी गायक,समाचार प्रमुख सुमन अधिकारी लगायतले स्व.दर्नालप्रति शोक ब्यक्त गर्दै फोटोमा श्रन्दाजली ब्यक्त गरेका थिए । 

Posted by Butwalonline on 10:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रेडियो जागरण शोकमा"

Leave a reply