|

स्थापनाकाल देखि नै डाक्टर बिहीन प्राथमिक सेवा उपचार केन्द्र

किरणमान बज्राचार्य,कपिलवस्तु, १३ पुस-वाउन्ड्रीवाल भएको चिटिक्कको भवन , एम्बुलेन्सको सुबिधा पनि । बाहिरबाट हेर्दा सबै सुबिधासंपन्न अस्पताल जस्तो लाग्छ । तर भित्र अस्तब्यस्त छ कपिलवस्तुको हरनापुर प्राथमिक सेवा उपचार केन्द्र । सो केन्द्रमा उप स्वास्थ्य चौकी भन्दा पनि कम सेवा उपलब्ध रहेको स्थानीयबसीको भनाई छ । प्रसति सेवा, सामान्य उपचार सेवा समेत पाईदैन भन्छन् स्थानीयबासी । बिगत ढेड दशक देखि कपिलवस्तुको हरनापुर प्राथमिक उपचार सेवा केन्द्र डाक्टरबिहीन छ । जस्ले गर्दा सो केन्द्र  नाम मात्रको स्वास्थ्य केन्द्र रहेको छ भन्छन् उनीहरु ।

एक साता अघि तौहिलवा अस्पतालबाट सरुवा गरी डाक्टर सतिश उपाध्यायलाई त्यहा पठाएको स्वास्थ्य कार्यालयले जनाए पनि उहाको अलिहे सम्म अत्तोपत्तो छैन । वि.स.२०५२ सालमा निर्माण गरिएको यस स्वास्थ्य केन्द्रमा डाक्टर आएपनि २ दिन भन्दा बढि बस्दैनन् । उनीहरु काज मिलाएर अन्य स्थानमा जादा केन्द्रमा स्थापनाकाल देखि नै डाक्टर अभाव छ । स्थापनाकाल देखि एक दर्जन डाक्टरहरुलाई त्यहा पठाई पनि दुई चार दिन मात्र बसेर कहिल्र्य फर्केर नआएको गााउलेहरु बताउछन् । उनीहरु भन्छन् डाक्टरको केन्द्रमा मुख समेत देख्न पाईएको छैन ।

तेजप्रकाश दबाडी, डा. ज्ञानेन्द्र झालाई सो केन्द्रमा पठाईए पनि कोही एक दुई दिन बस्ने, कोही त्यहा हाजिरै नभई सरुवा मिलाउदै अनेत्र जाने गरेका छन् । डाक्टरहरु आएको खबर सुनेपनि स्वास्थ्य केन्द्रमा पाइला नटेकी नै जाने गरेको स्थानियबासीहरुको भनाई छ ।  “डाक्टरहरु अस्पतालमा पाइला नटेकी नै फर्किन्छन हामीले त अहिले सम्म मुख समेत हेर्न पाएका छैनौ , स्थानियबासी केवल अहिरले भन्नुभयो । डाक्टरहरु यहाा कागजमा मात्र छन” अहिरले थप्नुभयो ।

जिल्लाको दक्षिण पुर्बी क्षेत्रको १० बढी गाबिसका बासिन्दालाई सहज रुपमा स्बास्थ्य सेबा पुर्‍याउने उद्देश्यले प्राथमिक स्बास्थ्य केन्द संचालन गरिएको हो । केन्द्रमा बसी काम नगरे पनि तलब भत्ता भने जिल्ला स्बास्थ्य कार्यालयबाट लिने गरेका छन् । केन्द्रमा पटक पटक डाक्टरहरु  सरुवा भई आए पनि गाउमा एउटा पनि डाक्टर छैनन, किन आएनन भनेर स्बास्थ्य कार्यालयमा बुझन जादा त्यसको चित्त बुझ्दो जवाफ समेत नपाईएको स्थानिय राजेश्वर मिश्रा । उहा भन्नुहुन्छ् “हामी गाउलेले डाक्टरको अनुहार पनि देख्न पाएका छैनौं कस्ता छन् भनेर,”।   प्रशासन शाखामा सोध्न गए गाउमै होलान भनेर जबाफ पाईन्छ । डाक्टर नगए पछि अहिले त्यहा अहेबले बिरामीको उपचार गर्दै आएका छन् । दरबन्दीको आधा कर्मचारी मात्र कार्यरत सो केन्द्रमा भएका स्वास्थ्कर्मी समेत पालैपालो गरेर हाजिर हुने गरेको स्थानीयबसी बताउछन् ।

सरकारी छात्रबृतीमा एमबीबीएस पढेकालाई दुई बर्ष सरकारी अस्पतालमा गई अनिबार्य सेबा गरे पछि मात्र नेपाल मेडिकल काउन्सिलमा दर्ता हुन पाउने प्राबधान अनुरुप सो केन्द्रमा पटक पटक डाक्टर पठाई पनि समस्याको समाधान भने भएको छैन । केन्द्र ग्रमीणभेगा रहेको तथा त्यहा अन्य आम्दानी नहुने भएकाले त्यहा कुनै पनि स्वास्यकर्मी बस्न नमान्ने स्वास्थ्य काार्यलयका एक कर्मचारीले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव पंडीतले सो केन्द्रको अवस्था कमजोड रहेको सिवकार गर्नु भयो । एक साता अघि डाक्टर पठाएका छौ, केही सुधार हुन्छ कि उहाले बिश्वास ब्यक्त गुर्न भयो ।

Posted by Butwalonline on 2:02 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्थापनाकाल देखि नै डाक्टर बिहीन प्राथमिक सेवा उपचार केन्द्र"

Leave a reply