|

सुर्खेतमा भएको बस दुर्घटनामा मृत्युहुनेको सनाखत भयो

कृष्ण आचार्य,सुर्खेत पौस १३-सुर्खेतमा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १९ जना यात्रु घाइते भएका छन् । आज विहान सुर्खेतकै भेडाबारीबाट बिरेन्द्रनगरतर्फ आउदै गरेको ना २ ख ५७ ४१ नम्बरको बस सुर्खेतको दशरथपुर–६, स्थीत गमखोला नजिकै दुर्घटना हुदा १३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा परी सुर्खेत गुमी ४, का केशर शिरिस, दशरथपुर–७, का मान बहादुर गाहा, सुर्खेत कल्याण ८ का चन्द्रकला रावत, लेखफर्सा–९, का थमन मिदुनको मृत्यु भएको छ । यसैगरी दशरथपुर –७, की दीपा ढकाल, दशरपुर–५, का कुमार पौडेल, दशरथपुर–३, की ममता खड्का , नेपाली सेनामा कार्यरत चितवनका राम रानाभाट, गुमी–५,सुर्खेतका राजेन्द्र गुरुङ र दीपेन्द्र गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाउने अन्य दुई जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते सवै १९ जनाकै विरेन्द्रनगर अस्पताल उपचार भइरहेको छ । बस सडकवाट झण्डै ५० मिटर तल खसेको छ ।

Posted by Butwalonline on 11:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुर्खेतमा भएको बस दुर्घटनामा मृत्युहुनेको सनाखत भयो"

Leave a reply