बस सडकबाट ५० मिटर तल खस्यो,१२ जनाको मृत्यु
सुर्खेत,पौष १३ । सुर्खेतको दशरथपुरमा यात्रुबस दुर्घटना हुंदा १२ जनाको मृत्यु भएको छ भने २२ गम्भीर घाइते भएका छन् । सदरमुकाम विरेन्द्रनगरबाट भेडावारीतर्फ जांदै गरेको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ । उद्धारका लागि नेपाली सेना, प्रहरी लगाएत घटनास्थलतर्फ गइरहेको बताइएको छ । घटनाको बांकी विवरण आउंन बांकी छ ।
स्रोत : ईमेज च्यानल