|

कृषकहरुलाइ दुख दिएको भन्दै फोरम आन्दोलित

किरणमान बज्राचार्य,कपिलवस्तु, १३ पुस-जिल्लाका किशानहरुलाई प्रहरी प्रशासनले अनाहकमा दुख र सास्ती दिएको भन्दै मधेसी जनअधिकार फोरम नेपाल कपिलवस्तु आन्दोलनमा उत्रेको छ । खेतमा उत्पादन गरेको तरकारी मोटरसाईकलमा लोड गरेर ल्याउदै गरेका कृषक, सर्वसाधरण मानिस माथी ज्यादती गरेको बिरोधमा फोरमका कार्यकर्ता आन्दोलित भएका हुन ।

केही दिन यता प्रहरी प्रशासनले  मोटरसाईकलमा तरकारी ल्याउदा सय देखि हजार रुपैया सम्म जरिवाना तिराउने, समान्य कुरामा सार्वजनिक मुद्दा लगाउने गरिएकोले त्यसको बिरोधमा आफुहरुले आन्दोलनमा उत्रिन बाध्य भएको फोरमका जिल्ला अध्यक्ष अब्दुल रसिद खााको दाबी छ । प्रहरी प्रशासनको बिरोध गर्दै फोरमले प्रमुख जिल्ला अधिकारीलाई गत पुु ११ गते ज्ञापन पत्र बुझाएको थियो ।

यसैबच फोरमले प्रहरी प्रशासनको सो क्रियाकलापको बिरोध गर्दै जिल्लाको प्रशासन चोक अगाडी, झिंगहा, महाराजगंज, पकडीमा बिरोध सभा गरेको जनाएको छ । पुस १६ गते दुई घण्टा प्रशासन काार्यलय घेराउ, १७ गते सााझ बिभिन्न पााच स्थानमा मसाल जुलुस प्रर्दशन गर्ने कार्यक्र समेत घोषणा गरेको छ ।

यस्तै पुस १८ गते जिल्ला बन्द गर्ने समेतको कार्यक्रम फोरमले बिज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।

उता प्रहरी उपरिक्षक राजेन्द्र ढकालले कसैलाई पनि नियतबस दुख नदिएको बताउनु भएको छ । आफनो मातहतका प्रहरीबाट कुनै कमजोरी र गल्ती भेटिए तत्कालै कारबाही गर्ने उहााले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

Posted by Butwalonline on 2:33 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " कृषकहरुलाइ दुख दिएको भन्दै फोरम आन्दोलित"

Leave a reply