|

इजरायल र प्यालेष्टाइनबीच भइरहेको आक्रमणमा थप १० जना मारिए

मंसिर ४ । इजरायल र प्यालेष्टाइनबीच लगातार भइरहेको आक्रमणमा थप १० जना मारिएका छन् । इजरायलले आकाशबाट गरेको आक्रमणबाट एकै घरका १० जनाको मृत्यु भएको हो । इजरायलले आकाशबाट मात्र नभई समुद्रबाट समेत आक्रमण जारी राखेको छ भने गाजाबाट रकेट आक्रमण भएको इजरायली सेनाले जनाएको छ । यी दुई बीचको तनाबमा कयौ बालबालिका सहित ७२ जनाको ज्यान गइसकेको बिबिसिले जनाएको छ ।

यसअघि इजरायली आक्रमणबाट प्यालेष्टाइनी लडाकु समूह हमासको टेलिभिजन र बेलायतको स्काई तथा आईटिएन टेलिभिजन रहेको भवन ध्वस्त बनाइएको छ । आक्रमणमा केही मानिस हताहत भएको र प्यालेष्टाइनी पत्रकारहरु पनि घाईते भएको समाचार छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मन्त्रीपरिषद्को बैठकपछि इजरायलले गाजामा महत्वपूर्ण कारवाही बढाउन तयार रहेको बताउनु भएको छ । इजरायलले आफ्ना ७५ हजार सैनिकलाई तयारी अवस्थामा राखेको जनाइएको छ । गत बुधबार इजरायली आक्रमणमा हमासका सैनिक प्रमुख मारिएपछि तनाब शुरु भएको हो । इजरायली आक्रमणमा हमासका सैन्य प्रमुख अहमद जवारी र वरिष्ठ कमाण्डर मारिएपछि हमासका लडाकुहरु बदला लिने सुरमा छन् । इजरायलले गाजा क्षेत्रका ६ सय भन्दा बढी हमास ठेगाना आप्mनो निशानामा राखेको जनाएको छ ।
स्रोत : इमेज च्यानल

Posted by Butwalonline on 6:51 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इजरायल र प्यालेष्टाइनबीच भइरहेको आक्रमणमा थप १० जना मारिए "

Leave a reply