दिप ज्योतिको अध्यक्षमा पुन गौतम
बाबुराम गैरे,मंसिर ४, बुटबल । दिपज्योति बचत तथा रिण सहकारि संथा लिमिटेड शंकरनगरको छैटौ बार्षिक साधारसभा तथा अधिबसनले दधिराम गौतमको अध्यक्षतामा ११ सदश्यिय नया कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा होमनाथ पाण्डे र सदश्यहरुमा दुर्गामणि कडेल , लक्ष्मण नेपालि , राम प्रशाद ज्ञबालि, लक्ष्मण पाण्डे, कल्पना भण्डारि, बिष्णु कार्की, जमुना पाण्डे, बिष्णु प्रशाद खनाल र भेषराज भट्टराई रहनुभएको छ । साथै दर्गा न्योपाने संयोजक रहने गरि कृष्ण प्रशाद भण्डारि र सन्दिप भट्टराई सदश्य रहेको लेखा समिति पनि गठन गरेको बताईएको छ । ।
संथाका अध्यक्ष दधिराम गौतमको सभापतित्बमा सम्पन्न कार्यक्रमको उद्घाटन स्थानिय बयोबृद्ध लाल बहादुर बिकले गनुभएको थियो ।कार्यक्रममा लेखा सम्योजक मनिराम भट्टराईले बार्षिक लेखा परिक्षण प्रतिबेदन पेश गर्नुका साथै २०६९ . ७० का लागि १३ लाख ८० हजार ५ सय ४२ रुपैयाको अनुमानित आम्दानि र सोहिअनुसारको खर्च बिबरण पेश गर्नुभएको थियो ।
स्बागत मन्तब्य कल्पना भण्डारिले स्बगत मन्तब्य राख्नुभएको कार्यक्रमकाृ संचालन जगन्नथ कडेलले गर्नुभएको थियो ।