|

जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै थुनुवा फरार

इलाम, मंसिर ११- जिल्ला प्रहरी कार्यालयको हिरासतबाट गएराति एक थुनुवा फरार भएका छन्। पुर्पक्षका लागि थुनामा रहेका इलाम नगरपालिका-९ का १८ वर्षीय प्रेम अधिकारी राति १० बजे हिरासतबाटै फरार भएका हुन्।

प्रहरी सहायक निरीक्षक लिला गुरुङले अधिकारी पिसाब फेर्न निस्किएका बेला फरार भएको बताए। उनले रातभर उनको खोजी भएपनि कतै पत्तो नलागेको पनि बताए। उनले भने 'सबैलाई झुक्याएर कसरी भाग्न सफल भएको हो भन्ने अचम्म लागेको छ।'

अधिकारी चोरी र गौधब आरोपमा गत भदौ ५ गते नगरपालिकास्थित गढीथुम्काबाट पक्राउ परेका हुन्। उनीसहितको एक समूहले जिल्लाकै साङरुम्बा गाविसबाट गोरु ल्याएर नगरपालिकामै काटेको आरोप प्रहरीको छ। यही आरोप लागेका उनीसहितका दुई जना भने पक्राउ पर्न नसकेको प्रहरीले बताएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले प्रहरीको ड्युटी साट्ने क्रममा मौका लगाएर भागेको प्रारम्भिक जानकारी आएपनि घटनाको विस्तृत अध्ययन हुन भने बाँकी रहेको बताए। उनले भने 'यसको तत्काल छानविन गरिने छ। र, फरारको खोजीलाई तीब्र बनाइने छ।' अधिकारीको जिल्ला अदालतमा मुद्धा चलिरहेको गुरुङले बताए।
 स्रोत :नागरिक

Posted by Butwalonline on 7:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै थुनुवा फरार"

Leave a reply