बस दुर्घटनामा ४५ जना घाइते
हेमराज भट्ट,कोहलपुर, मंसिर ११ -पिकनिक खाएर फर्कदै गरेको बस दुर्घटना हुदा ४५ जना घाईते भएका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुढीखोला नजिकै बसको अगाडीको टायर पञ्चर भएपछि भएको बस दुर्घटनामा कैलालीको टिकापुरबाट पिकनिक खाएर फर्कदै गरेका कोहलपुरका युवा युवतीहरुगरी बसमा सवार सबै ४५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
आईतबार साझ करिव आठ बजेतिर भे १ ख ७५३ नम्वरको बस दुर्घटना हुदा बसमा सवार सवै यात्रु घाईते भएको इलाका प्रहरी कार्यालय भुरिगाउका इन्चार्ज शान्ति प्रसाद सापकोटाले बताउनु भएको छ । घाईते सवैजनाको अवस्था सामान्य रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको सापकोटाले बताउनुभयो ।