|

कुवेतमा नक आउट मेघा सुपरच्यालेन्ज अन्तर नेपाली फूटबल प्रतियोगीता सम्पन्न

भाई राम चौलागाईं 23/11/2012 कुबेत सिटि -कुवेतमा नक आउट मेघा सुपरच्यालेन्ज अन्तर नेपाली फूटबल प्रतियोगीता सम्पन्न कुवैत सिटी कुवेतमा नेपालीहरुको बाहुल्य रहेको स्विडिश कम्पनीको प्रायोजनमा नक आउट मेघा सुपरच्यालेन्ज अन्तर नेपाली फूटबल प्रतियोगीता-२०१२ भव्यताका साथ सम्पन्न भयो ।

कुबेतमा रहेका नेपाली क्लबहरु स्विडिश-ए, स्विडिश-बि , प्रबासी नेपाल, रक स्टार नेपाली टिम , पुर्वेली टाईगर, नेशनल खराफी, क्रेज नेपाल , प्रदेशी नेपाल, न्यु नेपाली ब्वाइज र जसिम गरि १० टीमले प्रतियोगितामा सहभागीता जनाएका थिए । सहभागी १० टिम मध्य पोल-ए बाट युनिक नेपाल र पोल-बि बाट जासिम टीमले वाइ पाएर सिधै क्वाटर फाइनल प्रवेश गरेका थिए । समुह चरणका ४ खेलहरु अघिलो शुक्रबार 16/11/2012 मा सम्पन्न भएको हुदा आज क्वाटर फाइनल गरियो । क्वार्टर फाईनलको पहिलो खेलमा पुर्वेली टाइगर र युनिक नेपाल बिच निर्धारित समयसम्म १-१ गोलको बराबरी भयको थियो। अतिरिक्त १० मिनटको समयमा पुर्वेली टाईगरले थप १ गोल गरि सेमिफाईनलको यात्रा तय गरेको थियो। यस्तै क्वार्टर फाईनलको दोश्रो खेलमा क्रेज नेपालले जासिम टिम लाई ० को बिरुद्द ३ गोलको फराकिलो अन्तरले हराउदै सेमिफाईनलमा प्रवेश गरेको थियो ।

दर्सकहरुको बाक्लो उपस्थीती बिच सम्पन्न सेमिफाईनलको पहिलो खेल स्विडिश-ए र पुर्वेली टाईगर बिच निकै प्रतिश्पर्धात्मक भयको थियो निर्धारित समयसम्म दुवै तर्फ बाट गोल हुन नसकेपछि अतिरिक्त १० मिनटको समयमा थप गरिएको थियो अतिरिक्त समयमा पुर्वेली टाइगरले २ गोल गर्दै फाइनलमा प्रवेश गरेको थियो। दोश्रो सेमिफाईनल खेलमा क्रेज नेपाल र प्रबासी नेपालले प्रतिश्पर्धा गरेका थिए। निकै रोमान्चित प्रतिश्पर्धात्मक खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि अतिरिक्त १० मिनटको समयमा थप गरिएको थियो अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको परिणामका लागि पेनाल्टि सुट आउटको सहारा लिनु परेको थियो । पेनाल्टिमा क्रेज नेपालले प्रबासी नेपाललाई ३ को बिरुद्द ४ गोलले हराउदै फाईनलमा प्रवेश गरेको थियो।फाईनलमा पुर्वेली टाईगर र क्रेज नेपालले प्रतिश्पर्धा गरेका थिए। उत्कृष्ट पर्दशन गर्दै आएको पुर्वेली टाईगरलाई ० को बिरुद्द ४ गोलले हराउदै क्रेज नेपालले उपाधिमा कब्जा जमाएको थियो ।

मोहन राइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्विडिश कम्पनीका जनरल म्यानेजर श्री आसद आलम र युएई एक्सचेन्ज कुवेतका कन्ट्री हेड श्री पान्सिली भार्की द्वयले सामुहिक रुपमा बल किक हानी उद्घाटन गरिएको अन्तर नेपाली फूटबल प्रतियोगीतामा नेपाली संघ सस्थाका प्रतिनिधि, समाजसेबी, बुद्दिजिवी, पत्रकार र खेलप्रेमी दर्शकहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो । आयोजकको तर्फबाट बिजेता टिमलाई खसी, कप,मेडल र प्रमाण-पत्र दिईएको थियो भने उप-बिजेता टिमलाई पनि कप, मेडल र प्रमाण-पत्र प्रदान वितरण गरेको थियो। युएई एक्सचेन्जको तर्फबाट युएई एक्सचेन्ज कुवेतका कन्ट्री हेड श्री पान्सिली भार्कीले बिजेता टिमलाई बम्पर उपाहार तथा युएई एक्सचेन्जको टिसर्ट प्रदान गरेकको थियो ।

Posted by Butwalonline on 8:18 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कुवेतमा नक आउट मेघा सुपरच्यालेन्ज अन्तर नेपाली फूटबल प्रतियोगीता सम्पन्न"

Leave a reply