काँग्रेसद्वारा देविनगरमा वसपार्क बनाउन माग
लक्ष्मण पोखरेल,बुटवल, कात्तिक १६ - नेपाली काँग्रेस बुटवल नगर समितिले अहिलेको वसपार्क साघुरो भएको भन्दै देविनगरमा नयाँ वसपार्क बनाउन माग गरेको छ । नगर समितिको बिहीवार बसेको बैठकले बुटवल–१३, देविनगर स्थीत रंगशाला नजिक रहेको २७ विगाहा जग्गामा नयाँ बसपार्क बनाउन पहल गर्न बुटवल नगरपालिका सँग आग्रह गर्ने निर्णय गरेको हो । अहिले रहेको वसपार्क साघुरो भएको हुदा त्यसलाई नगर वसपार्कमा परिणत गरी देविनगरमा नयाँ वसपार्क बनाउन पहल थाल्ने निर्णय गरेको नगर सभापति खेलराज पाण्डेले जानकारी गराउनुभयो ।
बैठकले नगर समितिको उपसभापतिमा विमलराज भट्टराईलाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै बुटवलनगरपालिकाको १५ वडा र २३ मतदान केन्द्रमा मंसिर १० देखि १८ सम्म भेला राख्ने, नगरपालिकाको दुई सय ६५ वटै टोलमा समिति गठन गर्ने तथा दशै, तिहार, इद, छठ, नेपाल संवतको अवसरमा सबैमा शुभकामना दिइएको छ । बैठक नगर सभापति पाण्डेको सभापतित्वमा भएको थियो ।