|

भारतिय मन्त्री आउदा त्रिबेणी नाका बन्द : सूस्ताको भुमी समेत अबलोकन

श्रीराम सिग्देल,नवलपरासी , कार्तिक १६ - नवलपरासीको सिमावर्ती भारत बिहार प्रदेश बालमिकिनगरमा भारतका उप मुख्य मन्त्री सुसील कुमार मोदी सहितको भारतिय टोली आएपछि जिल्लाको त्रिबेणी नाका बन्द गरिएको  छ ।बिहीबार  सो टोली बालमिकिनगर स्थित सरकारी आवास गृहको उद्घाटनको क्रममा हेलिकप्टरको प्रयोग गरि आएपछि सो क्रममा ३ घण्टा त्रिबेणी नाकामा नेपाल बाट भारत तर्फ जान नेपालीलाई रोक  लगाईएको  छ ।

भारतको बन मन्त्रालयको जिम्मेबारी समेत सम्हालेका मन्त्री मोदी सहितको टोलीले त्रिबेणी सूस्ता ४ स्थित नेपाल र भारतको  बिबादास्पद सुस्ताको भुमी समेत अबलोकन गर्ने कार्यक्रम रहेको नवलपरासी सुरक्षा स्रोतले जानकारी गराएको छ  ।

टोलीमा मन्त्री मोदी सहित भारतिय   सांसद संन्जय जयसवाल  ,  बैजनाथ प्रसाद कुसुहवा  ,  स्थानिय बिद्यायक राजेश सिंह सहितको सहभागी रहेको नवलपरासी सुरक्षा स्रोतले जनाएको छ  ।

Posted by Butwalonline on 7:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतिय मन्त्री आउदा त्रिबेणी नाका बन्द : सूस्ताको भुमी समेत अबलोकन"

Leave a reply