चौथो डिभिजनमा ६सय २६ जना पुर्ब लडाकुलाई दोस्रो किस्ताको चेक बितरण
श्रीराम सिग्देल,नवलपरासी , १६ कार्तिक-नवलपरासीमा रहेको माओबादी चाथौ डिभिजनबाट स्वच्छीक अबकाश रोजेका मध्ये बिहिबार सम्ममा ६ सय २६ जना पूर्व लडाकुले टोलीले दोस्रो किस्ता बापतको रकमको चेक बितरण गरेको छ ।
बुधबार बाट जिल्ला प्रशासन कार्यालयमा सचिबालय स्थापना गरि सुरु गरिएको पुर्ब लडाकुहरुलाई दोस्रो किस्ताको चेक प्रदान गरिएको टोली संयोजक एवंम् सेना समायोजन बिशेष समितीका सदस्य सनन्दन प्रसाद कुर्मीले बताए ।
चेक बितरण कार्य आगामी कार्तिक २५ गतेसम्म चल्ने छ । चौथो डिभिजनबाट २ हजार एक सय ४० जना लडाकुले स्वच्छीक अबकाश रोजेका थिए । ति मध्ये ५सय ४१ जना महिला र १५ जना अपाङ्ग लडाकु रहेका छन् ।
यस अगाबै पहिला चरणको रकम बुझेका लडाकुहरुले पाउनुपर्ने कुल रकम मध्ये बाकी रहेको आधा रकम बापतको चेक पुर्ब लडाकुले पाएका छन् । लडाकुको तहअनुसार ५ देखी ८ लाख सम्म को आधा रकम यस पटक पुर्ब लडाकुले बुझेका छन् । पहिलो किस्ताको चेक रकम बुझ्दा चेक खोसिएको भए पनि दोस्रो पटकमा कुनै पनि समस्या देखिएको छैन ।