|

पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको आठौ अधिवेशनको तयारी पुरा

बुटवल, कार्तिक, १६– पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको आठौ अधिवेशन तथा १३ औ बार्षिक साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको छ । भोली कार्तिक १७ र १८ गते हुन गैरहेको अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारी पुरा भएको सो कार्यालयले जनाएको छ । समितिको कार्यालय कालिकानगरको परिसरमा हुने अधिवेशनको उद्घाटन भौतिकम योजना तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तेज प्रसाद सिटौलाले गर्नु हुने समितिका अध्यक्ष लोकराज पोखरेलले बताउनु भयो । उद्घाटनका अवसरमा यातायात क्षेत्रका विशिष्ठ व्यक्तिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक संघ संगठनका प्रतिनिधिहरु एवं व्यवसायीहरु उपश्थिति हुने जनाइएको छ ।

विहान ८ बजेबाट सुरु हुने उद्घाटन सत्र पश्चायत अपरान्हबाट बन्द सत्र हुने छ । बन्द सत्रमा महासचिव श्याम न्यौपानेको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष गेहन्द्रराज न्यौपानेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिने छ । त्यसैगरि यातायात क्षेत्रको सुधार तथा सञ्चालनका बारेमा विभिन्न प्रस्तावहरुमा पनि छलफल हुने महासचिव श्याम न्यौपानेले बताउनु भयो । बन्दसत्रमा विधान संसोधन प्रस्ताव पनि प्रस्तुत हुने कार्यक्रम रहेको छ । अधिवेशनका अवसरमा समितिको विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु हुने भूपु अध्यक्षहरु, विभिन्न उपसमितिमा रहेर काम गर्नु हुने संयोजकहरु, कर्मचारीहरुलाई सम्मान गर्नुका साथै कदर गर्ने कार्यक्रम रहेको  छ । अधिवेशनले समितिको आगामी कार्याकालका लागि नया नेतृत्व पनि चयन गर्ने कार्यक्रम रहेको छ ।

आगामी २ बर्षे कार्याकालका लागि निर्वाचन कार्यक्रम अनुसार कार्तिक १८ गते निर्वाचन हुने कार्यतालिका रहेको छ । निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सेक्टर उपाध्यक्ष ५, महासचिव, सचिव, काषाध्यक्ष र सदस्यहरु ८ चयन हुने छन् । समितिमा हाल २ हजार भन्दा बढी ट्रक व्यवसायीहरु सदस्य रहेकोमा करिव १ हजार मतदाता रहेका छन् ।

Posted by Butwalonline on 7:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको आठौ अधिवेशनको तयारी पुरा"

Leave a reply