युएइमा प्रवासी नेपाली संघ युएइको देउसी भैलो कार्यक्रम सम्पन्न
उत्तम अधिकारी,१८ नोभेम्बर २०१२ - युएइ संसारको जुनसुकै कुनामा रहे पनि नेपाली मौलिक पर्ब तथा संस्क्रिती जगेर्नाको लागि नेपाली नै अग्रसर हुनुपर्ने भन्दै प्रवासी नेपाली संघ युएइले २०६९ सालको दिपावलीको अबसरमा युएइका बिभिन्न शहरहरुमा "घर दैलो - देउसी भैलो" कार्यक्रम् भब्यताका साथ सम्पन्न गरेको छ । गत १५ नोभेम्बर २०१२ भाइ टीकाका दिन संघले युएइको राजधानी आबुधाबी तथा दुबइ र शारजाहमा समेत देउसी भैलोको आयोजना गर्यो ।
संघका केन्द्रिय प्रचार प्रसार बिभाग प्रमुख उत्तम अधिकारी , केन्द्रिय सदस्य गोबिन्द प्रसाद खनाल , आर्थिक बिभाग सदस्य भेसराज ढकाल , संघकै आबुधाबी क्षेत्रिय समिति अध्यक्ष लेखनाथ न्यौपाने , प्रवासी नेपाली युबा संघ युएइका सदस्यहरू लगायतका टोलीले युएइका लागि नेपाली राजदुत महामहिम धनन्जया झा ज्यू को निवासमा अत्यन्तै उत्साहजनक र रोमान्चक देउसी प्रस्तुत गरेको थियो । उनिहरुले राष्ट्रको बिकाश , उन्नति र बिध्यमान गतिरोध चिर्दै अग्रगामी परिवर्तनको लागि कामना सहित सांगितिक लयमा निकै मिठो देउसी प्रस्तुत गरेका थिए । उक्त अबसरमा राजदुत धनन्जय झा ले नेपाली संस्क्रिती झल्काउने खालको देउसी प्रस्तुत गरेकामा खुशी लागेको बताउनु भयो । उक्त देउसी टोलीले आइक्याडमा रहेको काठमाडौं रेस्टुरेन्ट, नेपाली ब्यबशायीहरूले सन्चालन गरेका अन्य रेस्टुरेन्ट , ट्राभल तथा बिभिन्न समाजसेवी नेपालीका निवासमा पुगेर देउसी भैलो प्रस्तुत गरेको थियो ।
यसैगरी संघका केन्द्रिय अध्यक्ष यमलाल शर्मा पङेनी , उपसचिब गितामणी पाण्डे, संघकै केन्द्रिय सदस्यहरू प्रकाश कोइराला , श्याम कंडेल , भिम बहादुर गुरुङ, युबराज भुसाल , संघकै दुबइ क्षेत्रिय समिति अध्यक्ष गोपाल शर्मा गैरे , शारजाह क्षेत्रिय समिति अध्यक्ष पुरुशोत्तम सुबेदी तथा प्रवासी नेपाली महिला संघ युएइका सदस्यहरूको साथमा कलाकार निस्चल श्री लगायतको टोलीले दुबइको सिल्बर स्पुन रेस्टुरेन्ट तथा अन्य नेपाली रेस्टुरेन्ट, ट्राभल, पसलहरू र नेपाली संघ सँस्थाका प्रमुख तथा समाजसेवी नेपालीहरूको निवासमा मौलिक नेपालीपन झल्काउने रमाइलो सांगितिक देउसी प्रस्तुत गरेका थिए । नेपाली जनताको सूख , शान्ति र सम्ब्रिद्धीको लागि कामना तथा बिध्यमान चुनौतीहरूलाई पन्छाउदै राष्ट्रले बिकाशको पथमा अग्रगामी कदम चाल्न सफल होस् र नेपालीले नेपालमै बसेर रोजगारी गर्ने अबसर श्रीजना गर्दै सबैको भलो होस् भनि आशिस दीइएको उक्त देउसी कार्यक्रममा सहभागी लगायत सम्पुर्ण दर्शकहरू समेत छम छमी नाच्दा कार्यक्रम् अत्यन्तै रोचक बनेको थियो ।
संघले यस अघि गत अक्टोबर १९ मा “बडा दशै २०६९ को भेट घाट तथा शुभकामना आदान प्रदान सहितको पिकनिक कार्यक्रम” आयोजना गरेको थियो भने सो अघि युएइमा एसिसी एलिट प्रतियोगिता खेल्न आएको नेपाली राष्ट्रिय क्रीकेट टोलीलाई युएइमा स्वागत गर्दै दुबइको एक होटेलमा खेलाडी सम्मान सहितको डिनर कार्यक्रमको आयोजना गरेको थियो । संघले आगामी दिनहरुमा पनि नेपाली परम्परा तथा संस्क्रिती जोगाउने खालका र राष्ट्रिय महत्वका अन्य रचनात्मक कार्यक्रमहरू निरन्तर रुपमा आयोजना गरिरहने जनाएको छ ।