यातायात ऐन संसोधन हुदैछ : सचिव सिटौला
बिनोद परियार ,रुपन्देही,१७ कात्तिक । भौतीक योजना तथा यातायात मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले यातायात ऐन संसोधनको तयारी गरेको बताएका छन् । यातायात क्षेत्रलाई ब्यवस्थित बनाउन बनेको यातायात ऐन २०४९ पूरानो भएको भन्दै संसोधनको प्रकृया थालीएको प्रष्ट्याए । पश्चिमाञ्चल यातायात ब्यवसायि समिति बुटवलको १३ औं बार्षिक साधारण सभा तथा ८ औं अधिबेशनको शुक्रबार बुटवलमा उद्घाटन समारोहमा बोल्दै सचिव सिटौलाले यस्तो बताएका हुन । यातायात ऐन र नियम समयअनुकुल नभएकाले ब्यवसायिका मागलाई सम्बोधन गर्ने गरि चाडै संसोधन सहित एने आउने उनको दावी छ ।
नेपाल सरकारसंग ढुवानीको कुनै पनि साधन नभएको अवस्थामा निजि क्षेत्रबाट ट्रक तथा ट्याङकरले राज्यलाई ठूलो गुन लगाएको बताए । उनले ट्रक ब्यवसायिहरुको समस्याप्रति राज्यले सकरात्मक रुपमा छलफल अगाडि बढाएको बताउदै निकट समयमै समस्या हल हुदै जाने बताए । नेपालमा ९० प्रतिशत ढुवानी सतही यातायातबाटै हुने भएकाले यसको प्रबद्र्धनका लागि निति निर्माण र संरक्षणका लागि पहल गरिरहेको बताए ।सचिव सिटौलाले राष्ट्रिय यातायात ब्यवसायिमहासंघ,नेपाल ट्रक ट्याङकर तथा परिवहन महासंघसंग भएका सम्झौतालाई क्रमश कार्यान्वनय गर्ने चरणमा रहेको जानकारी समेत दिए । उनले भाडाको ब्यवस्थापन,भारतीय ओभरलोड गाडीको नियन्त्रण,यातायातको नियन्त्रणका लागि ब्यवसायिहरुसंगको छलफलबाट एउटा टुङगोमा पुग्ने गरि काम थाल्ने बताए । सचिव थापाले ब्यवसायिहरुकै भावना अनुसार मन्त्रलायको नाम परिवर्तन गरि यातायात ब्यवस्था तथा निर्माण मन्त्रालय राख्ने तयारी भएको बताए ।
कार्यक्रममा नेपाल ट्रक ट्याङ तथा परिवहन महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रानाभाटले सरकारले ब्यवयसायिहरुसंग गरेको ३८ बुदे सम्झौतालाई कार्यान्वयन मात्रै गरेमा ८० प्रशितम समस्या सल्झिने बताए । उनले ओभरलोडका भारतीय गाडीलाई नियन्त्रण गर्न सरकारले स्पष्ट निति बनाउन जरुरी रहेकोमा जोड दिए । सो अवसरमा बोल्दै पश्चिम नेपाल यातायात ब्यवसायि समितिका अध्यक्ष लोकराज पोखरेलले सरकारी निति र बेवास्ताका कारण नेपाली ब्यवसायिहरु मारमा परेको बताए । उनले ओभरलोड भारतीय गाडीकै कारण नेपालका पुल भाचिनुका साथै सडक विग्रदा समेत राज्य मौन बसेको बताए । कार्यक्रममा महासंका केन्द्रिय महासचिव राजेन्द्र कुमार श्रेष्ठ,संस्थाका पूर्व सचिव भक्ति पाण्डे,नेपाली काग्रेसका नेता सुर्य प्रसाद प्रधान,नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य चोपनारायण श्रेष्ठ,नारयाणी यातायात ब्यवसायि समितिका गोकर्ण पराजुली,पश्चिम नेपाल बस ब्यवसायि समितिका अध्यक्ष दधिराम खरेल लगायतले बोल्दै दुर्घटना विमा अत्यन्तै झन्झटिलो भएको भन्दै सरकारले ब्यवस्थित गराउन र ट्रक पार्किङ बनाउन माग गेका थिए । सो अवसरमा उद्योगी सुरेन्द्र श्रेष्ठ,तेजकुमार पाठक, बैजनाथ जैयसवाल,टंक पोखरेल,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली ,सुरक्षित यात्रा अभिायानका दिनेश पाण्डे लगायतले बोलेका थिए ।
कार्यक्रममा सचिव सिटौलाले समितिको बुलेटिनको विमोचन तथा संस्थाका पूर्व अध्यक्ष र कर्मचारीलाई सम्मान पत्र प्रदान गरेका थिए । २ हजार ट्रक ब्यवसायि आबद्ध समितिको अधिबेशन नया नेतृत्व चयन गर्दै शनिबार सकिने छ ।