बस ट्रकसंग जुध्दा ३ जनाको मृत्यु ३५ घाइते
रौतहट, कार्तिक १७ । महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको भङसार जंगल क्षेत्रमा बस ट्रकसंग जुध्दा ३ जनाको मृत्यु भएको छ । घटनामा ३५ जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको पौराही गाविसका ७० वर्षिय सनिश्चरी माझी, मकवानपुरको छत्तिवन गाविसका २७ वर्षिय विनायक माझी र बस चालक गोरे बिक रहेका छन् । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
गम्भीर घाइतेहरुलाई विरगञ्जस्थित नारायणी अञ्चल अस्पताल लगिएको छ भने बांकीको रौतहटको चन्द्रनिगाहापुर अस्पतालमा उपचार भैरहेको छ । रोतहटको पौराही गाविसका मजदुरहरुलाई नवलपरासीको कावासोतिमा रहेको इट्टा भट्टामा लैजाने क्रममा बस ट्रकसंग ठोक्किएको थियो ।
स्रोत :इमेज च्यानल