|

सरसफाइ अभियानकालागी कमिटी गठन

भैरहवा, १८ कार्तिक । वातवरणीय सरसफाइ तथा फोहरमैला व्यवस्थापनका लागी पक्लिहवा कृर्षी क्याम्पसको संयोजकत्वमा एक शनिवार २१ सदस्यीय कार्यसमिती गठन भएकोछ ।

क्याम्पसका निमित्त प्रमुख हिमाल प्रसाद तिमिल्सेना संरक्षक रहेको सो कार्यसमितीको संयोजकमा विद्यार्थी चन्द्र पुरी रहेका छन् । त्यसैगरी सहसंयोजकमा मिलन भटटाराइ, सदस्यहरुमा प्राध्यापकहरु भागर्व धिताल, आइ वि थापा, कर्मचारीको तर्फबाट भीम बहादुर थापा, स्थानिय समुदायको तर्फबाट शुशील गुरुंग, इन्दिरादेवी क्षेत्री, कुमार थापा, रमेश मल्ल, राजेन्द्रसिंह खड्का रहेका छन् । त्यसैगरी सदस्यमा सीमा सुरक्षा बलका प्रमुख , मिउडीहवा चौकी प्रमुख लगायत, स्थानिय क्लब तथा आमा समुह लगायत सामाजिक संघसंस्थाका प्रतिनिधी, विद्यालय तथा क्याम्पसका प्रतिनिधी रहेका छन् ।

पक्लिहवाको शान, पर्यावरण संरक्षणमा हाम्रो अभियाना भन्ने मुल नाराका साथ गठीत समितीले सिनपा वडा नं १ र २ क्षेत्र को वातवरणीय सरसफाइ, फोहरमैला व्यवस्थापनामा संस्थागत रुपमा काम गर्ने मुख्य उद्धेश्य राखेको समितीका संयोजक पुरीले जनाए । समितीको पहिलो विस्तारित बैठक आगमी २२ गते क्याम्पसमा बसी बृहत योजना  सहितका कायृक्रम अगाडी बढाउने संस्थाले जनाएकोछ ।

Posted by Butwalonline on 6:55 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सरसफाइ अभियानकालागी कमिटी गठन"

Leave a reply