|

वाईसीएलको अधिवेशन तयारी

बुटवल, कात्तिक १८ । एकीकृत नेकपा माओवादको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) रुपन्देहीको आगामी मंसीर २२ र २३ गते हुन लागेको अधिवेशनको लागि विभिन्न तयारी उपसमितिहरु निर्माण गरिएका छन् ।

संगठनको शनिबार बसेको आयोजक समितिको बैठकले उपसमितिहरु गठन गरेको हो । १ सय १ सदस्यीय आयोजक समितिको बैठकले आर्थिक, प्रचार–प्रसार तथा व्यवस्थापन उपसमिति गठन गरेको आयोजक समिति सदस्य  कृष्ण रिमालले जानकारी दिनुभयो । बैठकमा पार्टीका रुपन्देही संयोजक माधव शर्मा, क्षेत्र नं १ का सागर पाण्डे, २ का डार्विन, वाइसीएल जिल्ला संयोजक सन्दीय चापागाई, सचिव सन्तोष रसाइल लगायतको सहभागीता रहेको जनाइएको छ । संगठनले मंसिर १५ गते भित्र गाविस तथा वडाहरुका भेला सम्पन्न गर्न निर्देशन दिएको पनि रिमालले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 6:57 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वाईसीएलको अधिवेशन तयारी"

Leave a reply