अर्कैको नामबाट सञ्चालित डेरी उद्योगलाई कार्वाही
कृष्ण आचार्य,कार्तीक १८,सुर्खेत-अर्कैको नामबाट उद्योग सञ्चालन गर्ने सुर्खेत छिन्चुको एक डेरी उद्योगलाई जिल्ला खाद्य निरीक्षण इकाई सुर्खेतले कार्वाही गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमतप्पत्र नै नलिएर डेरी उद्योग सञ्चालन गदै आईरहेको सुर्खेतको छिन्चु–७, स्थित सागर डेरीलाई कार्वाही स्वरुप शुक्रवारबाट बन्द गराईएको हो ।
लाटिकोइलीका विनोद गिरीका नाममा रहेको सागर डेरी उद्योग छिन्चु–७, का शिवप्रसाद ढकालले सञ्चालन गर्दै आईरहेका थिए । सो डेरीमा बारम्वार अनुगमन गर्दा समेत अटेर गरेकाले बाध्य भएर डेरीलाई कार्वाही स्वरुप बन्द गराउनु परेको सुर्खेतका खाद्य निरीक्षक भेषबहादुर थापाले बताए । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले जिल्लामा धेरै डेरी उद्योग लगायत अन्य उद्योगहरु दर्ता नै नगरी न्यूनगुणस्तरका वस्तुहरु विक्री वितरण गदै उपभोक्ताको स्वास्थ्यसग खेलवाड गरिरहेको भन्दै त्यस्ता उद्योगहरुको प्रभावकारी अनुगमन गरी कार्वाहीको दायरामा ल्यान माग गरेको छ ।