|

घर फिर्न चाहनेले करिब एक लाख रुपैयाँ कम्पनीलाई बुझाउनुपर्ने

दोहा, कार्तिक १८ - कतारमा एउटा बन्दरगाह बनाइरहेको चाइनिज कम्पनीले नेपाली कामदारलाई आर्थिक शोषण र मानसिक तनाब हुने गरी नयाँ नियम लागू गरेपछि आठ सय कामदारले दुई दिनदेखि काम छाडेका छन्। काम छाडेकामा ६ सय चालक छन्।

काठमाडौंमा म्यानपावरसँग गरेका सम्झौताअनुसार यहाँ तलबसमेत नपाएका त्यस कम्पनीको निकै झमेलापूर्ण नियममा काम गर्न नसक्ने भन्दै उनीहरूले काम छाडेका हुन्। घर फिर्न चाहनेलाई कम्पनीले प्रतिब्यक्ति ४ हजार ४ सय ७६ रियाल -करिब एक लाख रुपैयाँ बुझाउनुपर्ने नियम बनाएको छ । यो शुल्क बुझाउन नपाउनेहरू घर फिर्न पाएका छैनन्। कम्पनीले बिरामी भएका धादिङका नवराज थापालाई ४ महिनादेखि स्वदेश पठाएको छैन । उनी घाँटी र पिसाब रोगबाट ग्रसित छन्।

'गाडीको टायर पन्चेट भएदेखि पल्ट पनि हामीले उल्टै जरिवाना बुझाउनुपर्ने स्थिति छ । त्यस्तोमा हामी काम गर्न सक्ने अवस्था छैन,' हेटौंडाका प्रेमबहादुर श्रेष्ठले भने, 'घर फिर्न खोज्दा एक लाख रुपैयाँबुझाएपछि मात्रै अनुमति दिने व्यवस्था गरेको छ ।'

कतारको हुमसाइडस्थित समुद्री किनारमा बन्दै गरेको बन्दरगाहमा कार्यरत नेपाली १४ महिनादेखि कार्यरत छन्। 'गाडी गुडिराख्दा टाइर पन्चेट हुँ जरिवाना स्वरूप तीन दिन बिना पारिश्रमिक काम गर्नुपर्छ,' स्याङ्जाका अमृतराज गिरीले भने, 'पल्टिहाले एक हजार रियाल जरिवाना शुल्क लिई घर पठाइदिने गर्छ ।'

समुद्रीछेउमा बालुवा बोक्ने हुँ गाडी भासिने र पल्टने गरेको पीडितहरूले बताए । 'त्यस्तो अवस्थामा दुर्घटना परेमा आफ्नो र दुर्घटनामा पर्ने व्यक्तिदेखि परिवारसम्मकै उपचार खर्च आफैंले बेहोर्नुपर्ने नियम छ,' गिरीले भने, 'यस्तो परिधिभित्र हामी काम गर्न सक्ने स्थिति छैन् ।'

त्यहाँ सबैभन्दा बढी ओशो म्यानपावर र युनाइटेड एचआर सोलुसनबाट आएका हुन्। त्यहाँट दुई महिनाअघिसम्म कामदार आइरहेको छ । 'हामी १६ सय रियाल तलब पाउने गरी आएका थियौं । यहाँ १२ सय ५० मात्रै पाइरहेका छौं,' हेटौंडाका कृष्ण बानियाँले  भने, 'म्यानपावरसँग दुई वर्षका लागि सम्झौता गरेर आएको हो । यहाँ एक वर्षका लागि मात्रै अर्को सम्झौता गरेको छ । त्यो सम्झौता पूरा गरे पनि घर जान दिएको छैन ।'

पहिलेदेखि नै तनाव खेप्दै आएको उनीहरू र कम्पनी व्यवस्थापन पक्षबीच गत अगस्टमा सम्झौता भएको थियो । कम्पनीले फोरम्यानमा काम गरेकालाई लेबरमा झरेको छ । 'म फोरम्यानमा १६ सय रियालमा काम गरिरहेको थिएँ' तनहुँ विश्वराज पन्तले भने, 'कारणबिना ६ सय रियालमा लेबरको काम लगायो । नगरी घर फिर्न बसको दुई महिना भइसक्यो ।' पीडितहरूले आफूलाई स्वदेश पठाइदिनका लागि पहल गर्न कतारस्थित नेपाली दूतावासलाई अनुरोध गरेको छ । दूतावास कम्पनीको यस्तो नियमविरुद्ध यहाँको श्रम अदालत जाने भएको छ । दूतावासले ओशो म्यानपावरलाई कालोसूचीमा समेत राखेको छ ।
स्रोत : कांतिपुर

Posted by Butwalonline on 10:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "घर फिर्न चाहनेले करिब एक लाख रुपैयाँ कम्पनीलाई बुझाउनुपर्ने"

Leave a reply