काठ गायब पारेको आरोपमा फरेस्टर भण्डारी निलम्बित
कृष्ण आचार्य,कार्तीक १८,सुर्खेत-जिल्ला बन र्कायालय र्सुखेतले बीरेन्द्रनगर रेन्ज पोष्टका फरेस्टर इच्छाबहादुर भण्डारीलाई निलम्वन गरेको छ । र्फनिचर उद्योगबाट बरामद गरिएको काठ गायव पार्ने काममा संलग्न रहेको आरोपमा भण्डारीलाई निलम्वन गरिएको र्कायालयले जनाएको छ । असोज १९ गते सुर्खेतको वागेसिमलको चन्द्रर्सुय र्फनिचर उद्योगबाट सशस्त्र प्रहरीको सहयोगमा बरामद गरिएको २ सय ७६ थान अवैध काठ मध्ये २ सय ३७ थान काठ एकाएक गायव भएको थियो । काठ गायव भएको विषयमा छानविन र्गन सजिलो होस भनेर भण्डारीलाई आजैदेखि लागू हुनेगरी निलम्बन गरिएको र्कायालय श्रोतले बताएको छ ।
