|

अवैध घरेलु मदिरा नियन्त्रण

श्रीराम सिग्देल,नवलपरासी १० मंसिर-ईलाका प्रहरी कार्यालय कावासोतीले आईतबार ६ सय लिटर  घरेलु मदिरा नियन्त्रण गरि नष्ट गरेको छ । पिठौलीमा लाग्ने एकादशी मेलाको लागि लक्षित गरि  ग्रामिण क्षेत्रबाट बिक्रि गर्न ल्याउदै गरेको अवस्थामा प्रहरीले प्रगतिनगरको लोकाहाबाट उक्त परिमाणको मदिरा नियन्त्रणमा लिएको कावासोतीका डीएसपी नान्तीराज गुरु·ले जानकारी दिए ।


मदिरा नियन्त्रणमा लिने क्रममा मदिरा उत्पादक महिलाहरु भने मदिराको ग्यालिन छाडेर भागेको पनि प्रहरीले जनाएको छ । नवलपरासीको पहाडी क्षेत्रका ग्रामिण वस्तीमा अवैध रुपमा खुलेयाम घरेलु मदिराको उत्पादन हुने गरेको छ । प्रभावकारी  अनुगमन  को अभावमा दैनिकजसो हजारौ लिटरको दरमा मदिरा उत्पादन हुने गरेको छ । घरेलु मदिराको लागि कावासोती, दलदले, रजहर, गैडाकोट, दाउन्ने , चोरमारा, अरुणखोला लगायतका वजारहरु प्रमुख विक्रि केन्द्र हुन ।

Posted by Butwalonline on 3:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " अवैध घरेलु मदिरा नियन्त्रण"

Leave a reply