|

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु


पाल्पा, मंसिर १० - पाल्पामा आइतबार बिहान भएको ट्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ। रुपन्देही गंगोरिया गाविसका २६ बर्षीय पशुपति वस्यालको तानसेन मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ |दुर्घटनाका अर्का एक घइतेको मिसनमै उपचार भैरहेको छ।

बुटवलबाट बालुवा लिएर तानसेन आउँदै गर्दा तानसेन अप्पु भिलेजमा ब्रेक फेल भएर पछि हटेको ट्याक्टर सडकबाट करिव ३० मिटर तल खसेको थियो। ट्याक्टरमा सवार चारजना मध्ये दुईजना हाम फालेर सकुसल रहेको प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।
स्रोत :नागरिक 

Posted by Butwalonline on 12:22 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु "

Leave a reply