निःशुल्क स्वाथ्य शिबिर सम्पन्न
बुटवल १० मंसिर । परिवर्तनका लागि कार्यरत महिला समुह वाचको आयोजनामा रुपन्देहीको बिष्णुपुरा गाबिसमा स्वास्थ्य सचेतना शिविर तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा स्त्री रोग बिशेषज्ञ डा निरा पाठक , फिजीसीयन बसन्त ज्ञवाली तथा स्वास्थ्यकर्मी सञ्जु पाठकले विरामीको स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा आएका बिरामीहरुमा शारिरीक कमजोरी, चिनि रोग, आँखाको समस्या, कान पाक्ने, ग्यास्ट्रीक, पाठ्घर खस्ने समस्या, बाथ लगाएतका समस्याहरु बढि देखिएका छन् । शिविरमा ४ सय २५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
समुदायमा आधारभुत स्वास्थ्य सचेतना अत्यन्तै कम भएकाले स्वास्थ्य शिक्षाको आधारभुत जानकारी गराउन र उपचारमा पहुँच बढाउन शिविरको आयोजना गरिएको वाचका कार्यलय प्रमुख लक्ष्मण श्रेष्ठले बताए । परिवर्तनका लागि कार्यरत महिला समुह वाच र बिष्णुपुरा गाबिसको आयोजनामा सञ्चालित स्वास्थ्य सचेतना शिविरमा निशुल्क औषधि पनि वितरण गरिएको छ । कार्यक्रम सम्पन्न गर्न रामजानकी यूवा क्लब, मन्थाभरी यूवा क्लब, नवदुर्गा यूवा क्लब , बुद्ध युवा क्लब र लिटिल फ्लावर बोर्डिङ्ग स्कूलले स्थानीय संयोजन गरेका थिए ।
