महिलाहरुको अगुवाईमा कलभर्ड निर्माण शुरु
कपिलवस्तु, १० मंसिर-कपिलवस्तुको हरिहरपुर गाविस– १ मा स्थानीय महिलाहरुको अगुवाईमा कलभर्ड पुल निर्माण शुरु भएको छ । गरिवी निवारण कोष तथा स्थानीयबासीको सामुहिक लागनीमा ११ लाखको लागतका सो कलभर्ड निर्माण शुरु भएको हो ।
जिविस स्थानीय विकास कोष मार्फत गठित महिला समुहले निमार्ण गर्न थालेको ५ मिटर स्पानको कल्भर्टको सिलन्यास स्थानीय विकास अधिकारी श्री राम प्रसाद पाण्डेले गरेका हुन । पूर्व पश्चिम लोक मार्गबाट गाविसको कार्यालय र त्यस गाविसमा रहेको एक मात्र माध्यमिक विद्यालय सम्म जाने सवभन्दा छोटो बाटोमा स्थानीय समुदायले हाल सम्म काठको अस्थाई पुल वनाई आवत जावत गर्दै आइरहेका थिए ।सो कल्भर्टले स्थानीय उत्पानदलाई वजार सम्म सहज पहुँच वढाएर आय आर्जनमा समेत थप पद्दत पुग्ने स्थानीय बिकास अधिकारी विश्वास व्यक्त गरे ।
गरिवी निवारण कोषको रु.८ लाख ६३ हजार तथा समुदायको दुई लाख .५४ हजार ११ लाख १७,हजारमा सो कल्भर्ट निमार्णको जिम्मेवारी पाएको सो सामुदायिक संस्थामा दलित र थारु महिलाहरुको सहभागिता रहेका छन् । समुह की अध्यक्ष कमलावती रैदासले पुल निर्माणले आफुहरुलाई आवतजावत गर्न सजिलो हुने बताए । विगत ३ वर्ष देखी यस गाविसमा स्थानीय विकास कोषको सहकार्यमा स्थानीय महिलाहरुको अगुवाईमा १३ वटा सामुदायिक संस्थाहरु गठन गरिएका कोषका कार्यकारी सचिव निरंजन पौडेलले बताए । आय आर्जनको पाँच वटा योजनाहरु र पाँच वटा वोरिगं सिंचाईको लागि उपलव्ध गराइएकोमा सवै योजनाहरु उपलव्धिमुलक रहेको कार्यकारी सचिव जानकारी गराए ।
