स्मृति बोर्डिङ्मा पुनर्मिलन
बुटवल, कार्तिक १८ । शंकरनगरस्थित स्मृति बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरुको संगठन स्मृति अलमनाई एशोसिएसनले पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको प्रांगणमा भएको सो कार्यक्रममा २०६८ सालको प्रवेशिका परीक्षामा ९३.५ प्रतिशत प्राप्त गरी पश्चिमाञ्चल प्रथम र बोर्ड चौथो हुन सफल विद्यार्थी सागर पन्थी र रुपन्देहीमा छात्रातर्फ द्वितीय सुस्मिता नेपालीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त चापागाई, प्रवन्ध निर्देशक विष्णु ढकाल, प्रिन्सिपल हरि ज्ञवाली, सञ्चालक सदस्य तुलसीप्रसाद सापकोटा, भूपू विद्यार्थी पदमा अधिकारीलगायतले बोलेका थिए ।एसोसिएसनका अध्यक्ष दिवस ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा विविध सांस्कृतिक झलकहरु समेत प्रस्तुत गरिएका थिए । कार्यक्रम भूपू विद्यार्थी रेशा बस्यालले सञ्चालन गरेका थिए ।
