|

बर्षौ देखि उजुरी पेटिका रित्तो

किरणमान बज्राचार्य,कपिलवस्तु सरकारी कार्यालय । जहा कर्मचारीको गुनासो गरी साध्य छैन् । कही ढिलासुस्ती, नाताबाद सोर्सफोर्स, घुस के हुन हुन के के ? यिनै प्रबृत्तीलाई निरुत्साहित पार्न सरकारले प्रत्येक सरकारी कार्यालयमा उजुरी पेटीकाको ब्यवस्था गरेको छ । तर यी उजुरी पेटिका बर्षौं देखि रित्तै छन् । कतिपयमा माकुरोले जालो बसेका छन् ।

सदरमुकाम तौलिहबामा रहेका करिब ३ दर्जन कार्यालयमा राखिएका उजुरी पेटिकाको यस्तै हालत छ । यहा ५ बर्ष देखि कुनै पेटिकामा उजुरी परेको छैन् । सेबाग्राहीका गुनासो तथा सुझाबलाई उजुरी पेटिका मार्फत सुनबाई गर्ने र छिटो छरितो सेबा पुर्‍याउन ५ बर्ष अघि जिल्लाका प्रत्येक कार्यालयमा अनिबार्य उजुरी पेटिका राखिएको थियो । तर सेबाग्राहीले सिधै कार्यालय प्रमुखसंग   भेटेर गुनासो राख्ने हुदा उजुरी नपरेको निमित्त प्रमुख जिल्ला अधिकारी पुरन गिरीले बताए । ‘जमाना धेरै अगाडी बढिसक्यो’ उनले भने आजकल सेबाग्राहीले काम ढिलासुस्ती हुना साथ सिधै प्रमुखलाई भेटेर समस्या राख्न थालेका छन् ।

उजुरी पत्र नपरे पछि पेटिकाहरु खिया लागेर काम नलाग्ने भईसकेका छन् । केही त चरा र मुसाको बास स्थल बनेका छन् । स्बास्थ्य कार्यालयको उजुरी पटिका त बारुलोको घर बनेको छ । शुरु शुरुमा पेटिका खोलेर हेर्ने गरिए पनि गुनासो पत्र नभेटिए पछि २।३ बर्ष देखि पेटिका खोल्न छाडिएको कर्मचारीहरु बताउछन् ।

पेटिका प्रयोग बिहिन बने पछि सरकारले हटाउने निर्देशन नदिएकाले थोत्रिएका बाकस कार्यालयको ढोकामा झुण्डयाएर राख्न बाध्य भएको कुरा कर्मचारीले बताए ।उजुरी पेटिका जस्तै कार्यालयको नागरिक बडापत्र पनि उस्तै हालतमा छन् । कार्यालयले दिने सेबा सुबिधा सेबाग्राहीलाई जानकारी गराउन राखिएका बडापत्रका अक्षर मेटिएर कामै नलाग्ने हुदा समेत सम्बन्ति निकायको ध्यान गएको छैन् ।

कार्यालयले बडा पत्र अनुसार काम नगरेको र यस अघि भष्टाचारबारे उजुरी पेटिकामा निबेदन हाल पनि कुनै सुनबाई नभए पछि उजुरी पत्र पेटिकामा हाल्न छाडिएको कुरा सेबाग्राहीहरु बताउछन ्।

Posted by Butwalonline on 5:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बर्षौ देखि उजुरी पेटिका रित्तो"

Leave a reply