झगडा मिलाउन प्रहरीलाई भ्याइनभ्याई
नवलपरासी, कात्तिक १५ – दशैँका बेलामा भएका झगडा कुटपिट लगाएका घटनालाई मिलाउन नवलपरासी प्रहरीलाई भ्याइनभ्याई नभएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा दशैंमा जूवा खेलेको, केटी जिस्काएको, दोहोरो लडाई झगडा जस्ता उजुरी आएकाले प्रहरी त्यस्ता घटना समाजकै रोहबरमा मिलाउन लागेको हो ।
जघन्य अपराधका घटनामा प्रहरीले कानुनी बाटो अबलम्बन गर्ने भएपनि सामान्य आवेशमा आएको घटनालाई समाजकै रोहबरमा मिलाउने गरेको एक प्रहरी अधिकृतले बताए । ‘सबै घटनामा जाहेरी लिन अप्ठारो हुन्छ’, अधिकृतले भने, ‘त्यसैले झगडीयाबीच छलफल गराएर मिलापत्र गराउने गरेका छौँ ।
ईलाका प्रहरी कार्यालय गैंडाकोट, कावासोती, सुनवल वेलाटारी, र जिल्ला प्रहरी कार्यालयमा यस्ता घटना दशैंका बेला बढी आउने गरेका छन् ।
चाडका बेला विभिन्न क्षेत्रबाट आएका मान्छेबीच सामान्य विषयमा पनि भनाभन हुँदा झगडा हुने गरेको छ ।
जूवा तास खेल्नेलाई पनि प्रहरीले राजनीति दवाव र ठुला बडाको भनसुनमा परी छोड्ने गर्दा प्रहरीको काम प्रभावकारी हुन नसकेको आम नागरिकको गुनासो छ । न्यायका लागि प्रहरी समक्ष पुग्दा जाहेरी नै नलिएर छलफलबाट टुंगाउन खोज्ने गर्दा पीडितले न्याय नपाएको उनीहरुले गुनासो गरेका हुन् ।