रुपन्देही प्रमुख जिल्ला अधिकारीद्धारा सीमा स्तम्भहरुको अवलोकन
बिबेक बिश्वकर्मा,रुपन्देही, कार्तिक १२-जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्धारा रुपन्देही जिल्लामा रहेका सीमा स्तम्भहरुको बस्तु स्थिति तथा अवस्थाबारे प्रमुख जिल्ला अधिकारी हरिकृण्ण पौडेलले मर्चवार तथा लुम्बिनीको कालीदह क्षेत्रमा रहेका बिभिन्न स्थानका सीमा स्तम्भहरुको निरिक्षण तथा अवलोकन गर्नु भएकोछ । अन्य दिनहरुमा कार्य बिशेष फुर्सद नहुने भएकोले दशैं बिदाको मौका छोपी सीमा स्तम्भहरुको अवलोकनमा गएको जिल्ला प्रमुख पौडेलको भनाई रहेको छ ।
अवलोकनको क्रममा कालीदह क्षेत्रका सीमा स्तम्भहरु पिल्लर नं. ३२, ३३, ३४, ३५ र ३६ को अवस्था राम्रो भएको तथा मर्चवार क्षेत्रमा रहेको पिल्लर नं. ५२२ (२८), ५२३, ५२४, र ५२५ लाई मरम्मत गरि रंग-रोगन समेत गरिसकेको तथा पिल्लर नं. ५२८B, ५२८C, ५२८D, ५२८E र ५२८F को अवस्था जिर्ण रहेकोले भारतीय पक्ष संग समन्वय गरि यथासिघ्र मरम्मत गर्ने समेत बताउनु भएको छ ।
बिदाको समयमा पनि प्रमुख जिल्ला अधिकारीलाई आफु समक्ष सीमा स्तम्भहरु निरिक्षण गरेको पाउदा स्थानिय बसीहरु दड्ड परेका थिए । स्थानियबसीहरुले देशका अन्य भागहरुमा हुने गरेका सीमा अतिक्रमणकको जोखिमबाट यो रुपन्देही क्षेत्र जोगिएको प्रतिक्रिया ब्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले विदाको दिनमा पनि सिमा क्षेत्रको निरक्षण गर्दा स्थानिय बसीहरु खुशी ब्यक्त गदै धन्यबाद समेत दिएका छन् ।
