|

अवैध ढुंगा निकासी बढ्यो,ढुंगा निकासीले बाँध फुट्ने जोखिम

परासी, कार्तिक १२ - ढुंगा निकासीले बाँध फुट्ने जोखिम बढ्दै गएको नारायणी नदिमा क्रसर उद्योगले धमाधम उत्खनन जारी राखेका छन् । दसैंको मौका छोपी नदीबाट क्रसर उद्योगले प्रशासनको आँखा छलेर ढुंगा निकालेका हुन् । नदीमा पानीको बहाव रोक्ने भएकाले ढुंगा निकाल्न प्रतिबन्ध छ । नदीमा पानी कम हुँदै गएका बेला वी ग्याप बाँध नजिकैबाट पकलिहवा, रामनगरस्थित ओम प्रकास जैसवालको क्रसर उद्योगले अवैध रूपमा ढुंगा झिक्ने गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । ढुंगा झिकेकै कारण नदीको धार पश्चिमतर्फ र्फकने गरेको छ । एक महिनाअगाडि वि ग्याप बाँधको १२ नम्बर स्परसमेत बगाइसकेको छ ।

पानीकोबहाव पश्चिमतर्फ र्फकने क्रम रहेको र त्यसैमा क्रसरवालाले ढुंगा झिक्दा झन् खत्तरा बढ्दै गएको नर्सही ७, कमरुदिन अंसारीले जनाए । अंसारीका अनुसार दैनिक २० टेक्टर भन्दा बढी ढुंगा क्रसरमा गइरहेको र राति क्रसिङ गरी गिट्टी बनाएर भारततर्फ अवैध निकासीसमेत हुने गरेको छ । बाँध भत्किने खत्तरा बढ्दै गएकाले भारतीय ठेकेदारले कटान नियन्त्रणका लागि ढुंगा ल्याएका थिए । अहिले भारतीय ठेकेदारहरूले काम गर्न छाडेर फर्केका थिए ।

वि ग्याप बाध नियन्त्रणका लागि थुपारिएका ढुंगासमेत चोरेर लैजाने गरेको स्थानीयवासीको भनाइ छ । पकलिहवाको रामनगर प्रहरी चौकीदेखि ५ सय मिटर दक्षिणतर्फ वि ग्याप बाँधनजिकै रहेको सो क्रसरमा दिउँसो ढुंगा जम्मा गर्ने र राति क्रसिङ गरी भारतीय बजार बहुवारतर्फ पठाउने गरेको गण्डक संघर्ष समिति अगुवा प्रेमचन्द गुप्ताले जनाए । प्रहरी चौकीनजिकै यस्ता अवैध काम हुँदा प्रहरीले अनभिज्ञता प्रकट गरेको गुप्ताले बताए । ुयसमा प्रहरीको समेत मिलोमतो हुन सक्छु, गुप्ताले भने, ुसातादेखि ढुंगा निकासी भइरहेको छ, प्रजिअ पर्शुराम अर्याललाई टेलिफोन गरेर जानकारी गराइए पनि ढुंगा निकासी बन्द भएको छैन ।ु

Posted by Butwalonline on 6:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अवैध ढुंगा निकासी बढ्यो,ढुंगा निकासीले बाँध फुट्ने जोखिम"

Leave a reply