|

रुरु संस्कृत विद्यापीठ क्याम्पसमा विद्यार्थीहरुले गरे तालावन्दी

सीता भण्डारी,गुल्मी, १४ कात्तिक । गुल्मी जिल्लाको रुरु संस्कृत विद्यापीठ क्याम्पस रिडीमा मगंलवार विद्यार्थीहरुले अनिश्चितकालीन ताला वन्दी गरिदिएका छन् । क्याम्स प्रमुख मुरली मोहन वास्तोलाले आफु खुसि विना विज्ञापन क्याम्पसमा सुव्वा र खरदार सरहका दुई जना कर्मचारी नियुक्ति गरेको भन्दै त्यसको विरोधमा नेपाल विद्यार्थी संघ रुरु इकाई समितिको नेतृत्वले उक्त ताला वन्दी गरेको हो ।

क्याम्स प्रमुख वास्तोलाले उक्त नियुक्ति वदर नगर्दासम्कालागि क्याम्पसमा तालावन्दी यथावत राखि थप आन्दोलन गर्ने नेविसंघ समर्थक   विद्यार्थीहरुले चेतावनी दिएका छन् । उक्त तालावन्दीको प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गुल्मीको समेत समर्थन रहेको नेपाल विद्यार्थी संघका उपाध्यक्ष निरज मरासिनीले जानकारी दिए ।

Posted by Butwalonline on 6:28 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुरु संस्कृत विद्यापीठ क्याम्पसमा विद्यार्थीहरुले गरे तालावन्दी "

Leave a reply