|

एक युवा मृत फेला

गुल्मी कात्तिक १४, गुल्मीको नयागाउ गाविसमा एक युवा मृत अवस्थामा फेला परेका छन् । हस्तिचौर गाविसको उझुङ्ग भन्ने स्थानका ३० वर्षीय यमवहादुर थापा नयाागाउा गाविस वार्ड नं. ९ सिमाहघाट स्थित जलुके खोलामा मृत फेला परेका हुन् । शरिरमा कट्टु मात्रै लगाएको अवस्थामा थापा फेला परेका थिए । शवको प्रकृति हेर्दा शरिरमा कुनै चोट पटक नदेखिएको र शरिर फुल्लिएको अवस्थामा खोलामा फेला परेकाले दुई तीन दिन अगाडी नै उनको मृत्यु भएको हुन सक्ने स्थानीयको अनुमान छ । थापालाई दुई तीन दिन अघि केही महिलाहरुले घास काट्न जाने क्रममा कट्टु मात्रै लगाएर खोलामा डुलिरहेको अवस्थामा देखेको वताएका छन् । पारिवारीक श्रोतका अनुसार थापा गत १२ दिनदेखि हराईरहेका थिए ।

Posted by Butwalonline on 6:02 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एक युवा मृत फेला"

Leave a reply