|

अमेरीका पठाईदिने भन्दै कराडौ रुपैया ठगी गर्ने पक्राऊ

गुल्मी कात्तिक १४, बिदेश पठाउने बहानामा करोडौ रुपैया ठगी गरि फरार भएका एक ब्यक्ति मगंलवार साझा गुल्मीको सदरमुकाम तम्घासमा पक्राऊ परेका छन ।

गुल्मीको धुर्कोट बस्तु ४ का बिजय भण्डारी पक्राउ परेका हुन । गुल्मी, पर्वत र स्याङ्गजा जिल्लाका बिभिन्न ब्यक्तिहरुलाई आफुले अमेरीका पठाईदिने भन्दै भण्डारीले लामो समयदेखि करोडौ रुपैया लिएर फरार भएका थिए । झुटो आश्वसन देखाएर करौडौ रुपैया ठगी गरि फरार रहेका बिजय भण्डारीलाई बैदेशिक २०६९ साल साउन २४ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

गत साउनदेखि प्रहरीको मोष्टमान्टेडमा रहेका भण्डारीलाई बिशेष सुराकीको आधारमा प्रहरीले मगंलवार साझा गुल्मीको सदरमुकामबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गुरुबिष्णु काफ्लेले जानकारी दिएका छन । प्रकाउ परेका भण्डारीलाई बुधबारनै बैदेशिक रोजगार बिभाग काठमाडौमा पठााउने प्रहरीले जनाएको छ ।

Posted by Butwalonline on 5:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अमेरीका पठाईदिने भन्दै कराडौ रुपैया ठगी गर्ने पक्राऊ"

Leave a reply