|

सउदीबाट दशैंमा घर आएका नेपालीको रहस्यमय मृत्यू

वृजराज कुशवाहा कार्तिक १४,नवललपरासी-नवलपरासीको त्रिवेणी स्थित नारायणी नदीमा आज विहान एक युवक मृत अवस्थामा भेटिएका छन् । त्रिवेणी स्थित गण्डक व्यारेज नजिकै   मृत अवस्थामा फेला पारेपछि स्थानीयवासीन्दाले त्रिवेणी प्रहरीलाई खबर गरेका हुन् ।

शव नरसही गाविस ९ का ३० वर्षीय मन गुरुङ्गको भएको त्रिवेणी प्रहरीले जनाएको छ । गुरुङ्ग गाउकै केही साथीहरुसंग हिजो सांझ त्रिवेणी तर्फ घुम्न गएको र राती घर नफर्केको आफन्तहरुको भनाई छ । उनीसंगै गएका साथीहरुमध्ये ३२ वर्षीय शंकर गुरुङ्ग पनि घाईते अवस्थामा रहेको कुरा खुल्न आएकाले आपसमा कुटपिट गरेको र सोही घटनामा गुरुङ्गको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको नवलपरासी प्रहरीले जनाएको छ ।

गुरुङ्ग आमाबाबुको एक्लो छोरा रहेको र दशैंमा टिकाका लागि ५ वर्षपछि सउदी अरबबाट कमाएर घर बताईएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल परासी लगिएको छ ।

Posted by Butwalonline on 5:44 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सउदीबाट दशैंमा घर आएका नेपालीको रहस्यमय मृत्यू"

Leave a reply