|

माध्यामिक तहका बिधार्थि उत्रिण हुनका लागि अनिबार्य ४० अंक

बाबुराम गैरे ,कार्तिक १४, बुटबल । आगामि शैक्षिक सत्रबाट माध्यामिक तहका बिधार्थिले उत्रिण हुनका लागि अनिबार्य ४० अंक ल्यानु पर्ने भएको छ । पाठ्क्रम तथा मुल्यांकन परिषदले माबि तहका बिधार्थिहरुले अब अनिबार्य ४० अंक ल्याउनु पर्ने गरि नया मापदण्ड बनाएको हो ।

माध्यामिक तहमा कक्षा ६ देखि १० सम्मलाई मान्ने गरिन्छ । त्यस्तै पषिदले कक्षा ३ सम्मका बिधार्थिहरुलाई भने अनिबार्य उत्रिण गराउनु पर्ने जनाएको छ । अर्थात पुर्ब प्राथमिक तहका बिथार्थिहरुलाई फेल गराउन पाईने छैन । त्यस्तै कक्षा ४ र ५ का बिधार्थिहरुे भने उत्रिणहुन ३२ नम्बर ल्याए पुग्ने छ । यस अघि माध्यामिक तहमा पनि उत्रिण हुनका लागि ३२ अंक आबश्यक हन्थ्यो ।  आगामि शैक्षिक सत्रबाट भने माबि उत्रिण हुन ४० अंक अनिबार्य हुने छ ।

यसैबिच आगामि शैक्षिक सत्रबाट कक्षा ६, ७ र ८ को पाठ्क्रम परिबर्तन हुने भएको छ । अब लागु हुने पाठ्यक्रम ब्याबहारिक र रोजगारमुखि हुने बताईएको छ । साथै बिधार्थिलाई स्बाबलम्बि र आर्थिक उपार्जन गर्न सक्ने बनाउने खालको पाठ्यक्रम ल्याउने तयारि भैरहेको छ । बिधार्थिको नैतिक आचरण सुधारका लागि नैतिक शिक्षाको पठ्यक्रम पनि लागु हुनेछ ।

यसैबिच राष्टिय जनगणना २०६८ को अन्तिम तथ्यांक कार्तिक मसान्त सम्म सार्बजनिक हुने भएको छ । जनगणनाको नतिजा सार्बजनिक गर्न राष्टिय तथ्यांक बिभागका कर्मचारिहरुलाई अहिले भ्याईनभ्याई भएको बताईएको छ ।

Posted by Butwalonline on 5:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माध्यामिक तहका बिधार्थि उत्रिण हुनका लागि अनिबार्य ४० अंक"

Leave a reply