एम्स कलेज बुटवलले बीबीएस तेस्रो वर्षका विद्यार्थीहरुलाई विदाई तथा पुरस्कार वितरण
लक्ष्मण पोखरेल,बुटवल, २७ असोज । एम्स कलेज बुटवलले बीबीएस तेस्रो वर्षका विद्यार्थीहरुलाई विदाई तथा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । कलेजले शनिबार एक कार्यक्रमका बीच विद्यार्थीलाई विदाई तथा बीबीएस प्रथम,दोस्रो र तेस्रो वर्षको परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको हो ।
कलेजका अध्यक्ष देबेन्द्र ध्वजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलेजका प्रमुख गोपालप्रसाद न्यौपाने,कार्यक्रम निर्देशक दीपक ढकाल,उच्च मावि संयोजक मिलनलाल मानन्धर,गोबिन्द शर्मा बस्याल,विद्यार्थीहरु झविन्द्र ज्ञवाली,प्रकाश खनाल,कविता जीसी,गंगा सापकोटा,गिरिराज भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
काउन्सील अफ एम्स स्टुडेन्ट्स्का अध्यक्ष कृष्ण चौधरीको अध्यक्षता,प्राध्यापक महेन्द्र पाण्डेको स्वागत तथा विद्यार्थीहरु विन्दु सापकोटा र राजीव खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा विद्यार्थीहरुले गीत र नृत्य पनि प्रस्तुत गरेका थिए ।
