|

अमरज्योती सहकारी बुटवलको साधारणसभा सम्पन्न


लक्ष्मण पोखरेल,बुटवल, २७ असोज ।। अमरज्योती बचत तथा क्रृण सहकारी संस्था लिमिटेड बुटवलको चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले चालु आर्थिक वर्षका लागि ४७ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको आयव्यय विवरण सुझावसहित पारित गरेको छ । साधारण सभा उदघाटनका अवसरमा बोल्ने वक्ताहरुले सहकारी मुलुककै आर्थिक मेरुदण्डको रुपमा विकास हुँदै गएको भन्दै सहकारीको दायरालाई अझै फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

उनीहरुले क्रृण लगानी र असुलीमा मात्र ध्यान दिंदा सहकारीको क्षेत्र संकुचित हुने भन्दै सामाजिक क्षेत्रमा पनि लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा प्रमुख अतिथी न्यू होराईजन उच्च मावि बुटवलका प्राचार्य लोकनाथ उपाध्याय, अमरज्योती सहकारीका सल्लाहकार ध्रुव नेपाल, क्षितिज बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष वासुदेव अर्याल, संस्थाका सचिव केशवराज पोखरेल, लेखा समिति संयोजकखुमानन्द आचार्य, शेयर सदस्यहरु कुसुम मल्ल, पुष्पा रायमाझी लगायतले बोल्नुभएको थियो ।

संस्थाले साधारण सभाका अवसरमा २०६८ सालको अवसरमा शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ट अंक ल्याउने १(१ जना छात्रछात्रा लाई पुरस्कृत गर्नुका साथै तथा सदस्यहरुका छोराछोरी मध्ये विशिष्ट श्रेणीमा उत्तीर्णलाई सम्मान गरेको थियो । संस्थाका अध्यक्ष मिनराज ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष टंकनाथ अधिकारीले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।


Posted by Butwalonline on 5:31 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अमरज्योती सहकारी बुटवलको साधारणसभा सम्पन्न"

Leave a reply